बुधबार, असार १०,२०८३ 11:23:00
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:23:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गभर्नर नियुक्तिमा नयाँ खेलः अर्थमन्त्रालयले रातारात परिवर्तन गर्‍यो मापदण्ड, उमेरहदसम्बन्धी व्यवस्था नै गायब

Laxmi Sunrise Bank Limited
गभर्नर नियुक्तिमा नयाँ खेलः अर्थमन्त्रालयले रातारात परिवर्तन गर्‍यो मापदण्ड,  उमेरहदसम्बन्धी व्यवस्था नै गायब

काठमाण्डौ । सरकारले नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्तिको मुखैमा अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड संसोधन गरेको छ ।  

अर्थमन्त्रालयले सोमबार साँझ अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ मा दोश्रो संसोधन भएको जानकारी दिएको हो । 

अर्थ मन्त्रालयमातहत नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल स्टक एक्सचेञ्ज लिमीटेड, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष सहित १५ वटा सार्वजनिक निकाय रहेका छन् । यी सबैमा यो नियम लागू हुनेछ । 

New Office
CG Motors
Garima Development Bank

अर्थमन्त्रालयले निकै रहस्यमय ढंगले आफू सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्यको नियुक्ति वा मनोनयनका लागि उमेर हदसम्बन्धी बुँदा हटाइदिएको हो ।  

पहिलो संसोधनमा समावेश उमेरहद सम्बन्धी व्यवस्था ।  

यो मापदण्डको पहिलो संसोधनमा बुँदा नम्बर ३ को उपबुँदा (ग)मा कार्यकारी प्रमुखको हकमा तीस वर्ष र कार्यकारी प्रमुखबाहेक अन्य पदाधिकारी र सदस्यको हकमा पैंतीस वर्ष उमेर पूरा भई पैंसठ्ठी वर्ष उमेर ननाघेको व्यक्ति हुनुपर्ने भनिएको थियो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
आज भएको मापदण्डको दोश्रो संसोधनमा उमेरहद सम्बन्धी व्यवस्था गायब पारिएको छ । 

भर्खरै जारी दोश्रो संसोधनमा यो बुँदा नै हटाइएको छ । यसले गभर्नर नियुक्तिमा उमेर हदका कारण रोकिने अवस्थामा रहेका बिचौलियाले बोकेका प्रतिनिधिको नियुक्तिका लागि सहज अवस्था बनाइएको प्रष्ट देखिन्छ ।  

गभर्नरको रेसमा केही रिटायर्ड पूर्व प्रशासकहरु पनि दौडमा छन् । रातारात अर्थ मन्त्रालयले मापदण्ड संसोधन गरी उमेरसम्बन्धी बुँदा नै हटाएपछि तिनै पूर्व प्रशासकहरुबाटै कसैलाई गभर्नर बनाउने तयारी भइरहेको शंका उब्जिएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.