काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशतसम्म ब्याज छुट प्रदान गर्ने भएको छ । कम्पनीले २०८१ चैत मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका(पूर्ण व्यतित भएका)बीमालेखहरुमा वैशाख १२ गतेदेखि असार २० गतेभित्र नविकरण गर्ने बीमितहरुलाई छुट प्रदान गरिने जनाएको छ ।
कम्पनीले १० वर्षदेखि माथिको अवधिका लागि शतप्रतिशत, ५ वर्षदेखि १० वष्र्भभन्दा कमका लागि ५० प्रतिशत र २ वर्षदेखि ५ वर्षभन्दा कम अवधिका लागि २५ प्रतिशत ब्याज छुट दिने जनाएको छ ।
२ वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा कुनै पनि छुट प्रदान नगरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एकपटक ब्याज छुट लिईसकेका बीमितहरुलाई पुनःब्याज छुट प्रदान गरिने छैन ।