आईतवार, असार १४,२०८३ 02:29:20
Bizshala
  • आईतवार, असार १४,२०८३ 02:29:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ब्रिटिस काउन्सिलद्वारा नेपालमा अन्तर्देशीय शिक्षासम्बन्धी अनुसन्धान सार्वजनिक

Laxmi Sunrise Bank Limited
ब्रिटिस काउन्सिलद्वारा नेपालमा अन्तर्देशीय शिक्षासम्बन्धी अनुसन्धान सार्वजनिक

काठमाण्डौ । ब्रिटिस काउन्सिलले नेपालमा अन्तर्देशीय शिक्षा (ट्रान्सनेशनल एजुकेसन– टीएनइ) को वर्तमान अवस्था र भविष्यका सम्भावनाबारे महत्वपूर्ण तथ्यहरू रहेको एक अनुसन्धान प्रतिवेदन  सार्वजनिक गरेको छ । यो प्रतिवेदनमा विद्यार्थी र शैक्षिक संस्थालाई प्राप्त अवसर र उनीहरूले भोगेका चुनौतीहरूका बारेमा प्रकाश पारिएको छ ।

यो प्रतिवेदन ब्रिटिस काउन्सिलले काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा सार्वजनिक गरेको हो । कार्यक्रममा नीति निर्माता, शैक्षिक संस्थानका उच्च प्रतिनिधि, शिक्षा क्षेत्रका सरोकारवाला, शिक्षक तथा अन्तर्राष्ट्रिय शिक्षाविज्ञहरूबीच अन्तर्देशीय शिक्षा (टीएनइ– ट्रान्जेशनल एजुकेशन) का विभिन्न पक्षका बारेमा छलफल भएको थियो ।

New Office
CG Motors
Garima Development Bank

कार्यक्रममा स्वागत मन्तव्य दिँदै ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले भने,‘नेपालको उच्च शिक्षाको भविष्य निर्माणमा अन्तर्देशीय शिक्षा (टीएनइ) ले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । यो प्रतिवेदनले नेपालमा अन्तर्देशीय शिक्षा (टीएनइ) बिस्तार गर्दा प्राप्त हुने अवसर र आउने चुनौतीहरू दुबैमा प्रकाश पार्नुका साथै नेपाल र बेलायतका बीचमा उच्च शिक्षा क्षेत्रहरूमा सहकार्य सुदृढ गर्ने सम्भावनालाई देखाएको छ । उच्च शिक्षामा पहुँच अभावको समाधान गर्न, आर्थिक वृद्धिमा योगदान दिन र नेपाली विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा अवसरहरू प्रदान गर्न  अन्तर्देशीय शिक्षा (टीएनइ)ले मद्दत गर्न सक्छ । हामी प्रतिवेदनका सिफारिसहरूलाई कार्यान्वयन गर्न एवम्  नेपालको उच्चशिक्षा क्षेत्रको निरन्तर विकासमा सहयोग गर्न हाम्रा साझेदारहरूसँग मिलेर काम गर्न तत्पर छौँ ।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रोबफिनले भने, ‘यो नेपालमा अन्तर्देशीय शिक्षाको भविष्यका लागि एक महत्त्वपूर्ण क्षण हो । आज सार्वजनिक गरिएको अनुसन्धानले आगामी दिनमा प्राप्त हुने अवसर र आउने चुनौतीहरूका बारेमा स्पष्ट गरेको छ । बेलायत र नेपालको शैक्षिक सहकार्यले नेपाली युवाहरूका लागि नयाँ अवसरहरू सिर्जना गर्न सक्छ;नेपालमै विश्व स्तरीय शिक्षामा पहुँच विस्तार गर्न सक्छ;अनि नेपालमै ज्ञानमा आधारित अर्थतन्त्रको निर्माण गर्न सक्छ । बेलायत र नेपालले शिक्षाको क्षेत्रमा सहकार्य गरेर नेपालमा नव–प्रवर्तन, उत्कृष्टतार साझा सफलतालाई प्रवद्र्धन गर्न सक्छन् ।’

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.