Bizshala
  • शनिबार, माघ ३,२०८२ 05:33:52
Bizshala
Global IME Bank Limited
Bizshala

लघुबीमकहरुको व्यवसाय ५५८.६२% ले बढ्यो, सूचीकृत कम्पनीको कस्तो छ प्रदर्शन ?

Hyundai Nepal
लघुबीमकहरुको व्यवसाय ५५८.६२% ले बढ्यो, सूचीकृत कम्पनीको कस्तो छ प्रदर्शन ?
Shivam Cement

काठमाण्डौ । लघुबीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म साढे एक अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार तीन जीवन लघुबीमक र चार निर्जीवन लघुबीमक गरी कुल ७ लघुबीमा कम्पनीले १ अर्ब ५४ करोड २४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।  

यो बीमाशुल्क गत आवको सोही अवधिसम्मको तुलनामा ५५८.६२ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म लघुबीमा कम्पनीहरुले २३ करोड ४१ लाख रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेका थिए ।  

लघुबीमा कम्पनीहरुले पछिल्लो एक वर्षयता आफ्नो शाखा सञ्जाल र कर्मचारी संख्या बढाएर व्यवसाय पनि उल्लेख्य बृद्धि गर्न सफल भएको छ । नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम लघुबीमा कम्पनीहरुले ग्रामिण क्षेत्र तथा स्थानीय निकायहरुसँगको सहकार्यमा लघुबीमा सेवा उपलब्ध गराउँदै आइरहेका छन् ।  

CG Motors
Bizshala
Garima Development Bank

लघु जीवन बीमातर्फ गार्डियन माइक्रो लाइफले ३२ करोड ५८ लाख, क्रेष्ट माइक्रो लाइफले ३२ करोड २० लाख र लिबर्टी माइक्रो लाइफले २० करोड ७७ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

त्यस्तै, लघु निर्जीवन बीमार्फत नेपाल माइक्रो इन्स्योरेन्सले १९ करोड ३६ लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १७ करोड ५७ लाख, स्टार माइक्रो इन्स्योरेन्सले १६ करोड ३२ लाख र ट्रष्ट माइक्रो इन्स्योरेन्सले १५ करोड ४० लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।  

जीवन बीमातर्फ सबैभन्दा बढी व्यवसाय बढाउनेमा लिबर्टी माइक्रो लाइफले १९३४.५३ प्रतिशत र निर्जीवन लघुबीमा तर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्सले २३२४.७७ प्रतिशतले व्यवसाय बढाएको छ ।  

New Office
Laxmi Sunrise Bank Limited
IME remit

हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीनवटा लघुबीमा कम्पनी सूचीकृत छन् । गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ र नेपाल माइक्रो इन्स्योरेन्स दोस्रो बजारमामा सूचीकृत कम्पनी हुन् ।  

गार्डियन माइक्रो लाइफको व्यवसाय १४९०.५२ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ५६८.८८ प्रतिशत र नेपाल माइक्रो इन्स्योरेन्सको १९२.३४ प्रतिशत बढेको छ ।  

ट्रष्ट माइक्रो इन्स्योरेन्स बाहेक स्टार माइक्रो, प्रोटेक्टिभ माइक्रो र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले भने आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

 

 

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.