बिहीबार, असार ११,२०८३ 03:10:51
Bizshala
  • बिहीबार, असार ११,२०८३ 03:10:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल लाइफले विभिन्न कार्यक्रम आयोजना गरेर मनायो २४ औँ वार्षिकोत्सव

Laxmi Sunrise Bank Limited
नेपाल लाइफले विभिन्न कार्यक्रम आयोजना गरेर मनायो २४ औँ वार्षिकोत्सव

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २४ औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाएको छ ।

यस अवसरमा कम्पनीले देशको १० स्थानबाट रक्तदान कार्यक्रम,काठमाण्डोमा निःशुल्क स्वास्थ्य शिविर तथा देशभर विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ ।

New Office
CG Motors
Garima Development Bank

यस अवसरमा कम्पनीले देशको सातै वटा प्रदेशमा रक्तदान कार्यक्रममार्फत कोशी प्रदेशको इटहरीमा ५६, मधेश प्रदेशको बिरगंजमा ३०, बागमती प्रदेशको काठमाण्डौमा ८२, गण्डकी प्रदेशको पोखरामा६१ र कावासोतीमा३९, लुम्बिनीप्रदेशको बुटवलमा ३०, भैरहवामा ३० र नेपालगञ्जमा २५,कर्णाली प्रदेशको सुर्खेतमा ३१ र सुदरुपश्चिम प्रदेशको टीकापुरमा २८ गरी कुल ४१२ पिन्ट रगत संकलन गरेको छ । यसका साथै, कम्पनीले केन्द्रीय कार्यालयमा २ दिने निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनी आफ्नो २४ औं वर्ष पूरा गरी २५ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा मार्गनिर्देशन प्रदानगर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरु,सेयरधनी ,सम्पूर्ण ग्राहकहरु, कम्पनीको मेरुदण्डका रूपमा रहेका अभिकर्ताहरु, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारीहरु, नियामक निकायहरुका साथसाथैे सबै सरोकारवालाहरुमा धन्यवाद तथा शुभकामना व्यक्त गरेका छन् र आगामी दिनमा सबैको माया, विश्वास र सहकार्य संस्थाले पाईरहने अपेक्षा रहेको समेत बताए ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.