बिहीबार, असार ११,२०८३ 01:24:06
Bizshala
  • बिहीबार, असार ११,२०८३ 01:24:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सानिमा रिलायन्स लाइफद्वारा बाजुराका विद्यार्थीहरूलाई शैक्षिक सामग्री राख्ने झोला बितरण

Laxmi Sunrise Bank Limited
सानिमा रिलायन्स लाइफद्वारा बाजुराका विद्यार्थीहरूलाई  शैक्षिक सामग्री राख्ने झोला बितरण

काठमाण्डौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले बाजुरा जिल्लाको बजेडी आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीहरूका लागि शैक्षिक  सामग्री राख्ने झोला वितरण गरेको छ । कम्पनीले बैशाख २४ गते उक्त सहयोग गरेको हो ।  

 संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीको तर्फबाट क्षेत्रीय प्रबन्धक गणेश उप्रेतीको उपस्थितिमा १४७ थान  शैक्षिक सामग्री राख्ने झोला विद्यालयका विद्यार्थीहरूलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । हाल यस विद्यालयमा इसिडीदेखि कक्षा ८ सम्मका १४७ विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । कम्पनीले मुलुकको अति पिछडीएको जिल्लामा न्यून आय भएका जेहेन्दार विद्यार्थीहरूको दुखमा मलम लगाउने कार्य गरेको उल्लेख गरेको छ ।  

New Office
CG Motors
Garima Development Bank

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले आगामी दिनहरूमा पनि विभिन्न गतिविधिहरू मर्फत सक्रिय भूमिका निभाउँदै समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्न, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापन जस्ता क्षेत्रहरूमा योगदान पुर्याउने योजना रहेको बताएको  छ । यस्ता प्रयासहरूमार्फत संस्थाले नाफामुखी व्यापारसँगै सामाजिक हितलाई पनि अगाडि बढाउने विश्वास लिएको छ । भविष्यमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू अझ प्रभावकारी र समुदायमैत्री बनाउने योजना कम्पनीले बनाएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

देशभर १६९ शाखा सञ्जाल रहेको कम्पनीको पूँजी ५ अर्बभन्दा बढी, २० अर्बभन्दा बढीको लगानी रहेको छ भने २० हजार भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.