मंगलवार, असार १७,२०८२ 03:17:23
  • मंगलवार, असार १७,२०८२ 03:17:23
Global IME Bank Limited

प्रभु महालक्ष्मी लाइफले डाक्यो साधारण सभा, लाभांश पारित र हकप्रद रद्द गर्ने विशेष प्रस्ताव

Hyundai Nepal
प्रभु महालक्ष्मी लाइफले डाक्यो साधारण सभा, लाभांश पारित र हकप्रद रद्द गर्ने विशेष प्रस्ताव
Nabil Bank Limited

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको वैशाख ३० गते बसेको सञ्चालक समितिको बैठकले ८ औं वार्षिक साधारण सभा डाकेको हो ।  

बैठकले आगामी जेठ २६ गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।  

उक्त सभामा आर्थिक वर्ष २०८०/८१  का लागि प्रस्तावित ८ प्रतिशत बराबर बोनस सेयर तथा सो मा लाग्ने कर प्रयोजनको लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै सभामा सातौं साधारण सभाबाट तत्कालिन चुक्ता पूँजीको ७ प्रतिशतबराबरको हकप्रद सेयर जारी गर्ने निर्णय भएकोमा प्रस्तावित बोनस वितरणपश्चात नियामकले तोकेबमोजिम चुक्तापूँजी पुग्ने भएकाले उक्त निर्णय रद्द गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित गर्ने, आव २०८१/८२ को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चाकहरुको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित हुनेछ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ जेठ १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.