बुधबार, असार १०,२०८३ 11:39:14
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:39:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बढ्दो स्वास्थ्य बीमा प्रिमियमप्रति कडा बन्यो भारत सरकार, अनुगमन बढाउन आईआरडीएआईलाई निर्देशन

Laxmi Sunrise Bank Limited
बढ्दो स्वास्थ्य बीमा प्रिमियमप्रति कडा बन्यो भारत सरकार, अनुगमन बढाउन आईआरडीएआईलाई निर्देशन

काठमाण्डौ । भारतको वित्त मन्त्रालयले बीमा नियामक इन्स्योरेन्स रेगुलेटरी एण्ड डेभलपमेन्ट अथोरिटी अफ  इण्डिया(आईआरडीएआई)लाई बीमा कम्पनीहरूमा निगरानी बढाउन निर्देशन दिएको छ। बीमा दाबी भुक्तानी र गुनासोहरूको समाधानको मामिलामा थप कडा रुपमा प्रस्तुत हुन वित्त मन्त्रालयले आईआरडीएआईलाई निर्देशन दिएको हो ।  

गत वर्ष भारतमा स्वास्थ्य बीमाको प्रिमियम तीव्र गतिमा बढेसँगै मन्त्रालयले यस्तो निर्देशन दिएको हो । बीमाको प्रिमियम बढेसँगै हाल भारतमा बीमाको कभरेज सुस्त भएको छ ।  

New Office
CG Motors
Garima Development Bank

यो वर्ष पनि भारतको स्वास्थ्य बीमा प्रिमियम करिब १५ प्रतिशतले बढेको छ । यसका कारण धेरैजसो पोलिसी होल्डरहरुले पोलिसी त्यागेका छन् । पछिल्लो तथ्यांक अनुसार भारतमा २०२१/२२ मा कुल बीमा कभरेज ४.२ प्रतिशत थियो । जुन २०२२/२३ मा ४ प्रतिशतमा झरेको छ। प्रतिवेदनअनुसार यसबीचमा जीवन बीमाको कभरेज ३.२ प्रतिशतबाट ३ प्रतिशतमा झरेको छ । जबकि निर्जीवन बीमा १ प्रतिशतमा कायम छ ।

बीमा क्षेत्रमा देखिएको समस्यालाई भारत  सरकारले तत्काल सम्बोधन गर्न चाहेको भारतीय अधिकारीहरुले बताएका छन् । आवश्यक परेमा बीमा संसोधन विधेयक पास गर्नुअघि केही नयाँ नियम–कानून पनि बनाउनु पर्ने हुनसक्ने उनीहरुले बताएका छन् । वित्त मन्त्रालयले आईआरडीएआईको बोर्डले यी मुद्दाहरूलाई पुनर्विचार गर्ने विश्वास गरेको छ । 

बीमा संसोधन विधेयकमा यस क्षेत्रमा शतप्रतिशत विदेशी लगानी गर्न दिने प्रस्ताव रहेको छ । विधेयकले कम्पनीहरूलाई कम्पोजिट इजाजतपत्र प्राप्त गर्न र भारतीय बीमा फर्महरूमा प्रमुख व्यवस्थापन पदहरूमा विदेशीहरूलाई नियुक्त गर्न अनुमति दिन्छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.