शुक्रबार, श्रावण २,२०८२ 11:43:48
  • शुक्रबार, श्रावण २,२०८२ 11:43:48
Global IME Bank Limited

कामना सेवा विकास बैंक बिपिए अवार्ड २०२४(गोल्ड)बाट सम्मानित

Hyundai Nepal
कामना सेवा विकास बैंक बिपिए अवार्ड २०२४(गोल्ड)बाट सम्मानित
Shivam Cement

काठमाण्डौ । कामना सेवा विकास बैंक चार्टड एकाउन्टेन्ट संस्थाबाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२४ बाट सम्मानित भएको छ ।

बैंकले वित्तीय सेवाक्षेत्र तर्फको विधामा प्रदान गरिने गोल्ड अवार्ड प्राप्त गरेको हो । 

Muktinath Bikas Bank Limited

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था(आईक्यान)ले आर्थिक वर्ष २०२३।२४ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहीता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो ।  

बैंकले आफ्नो १८औं वार्षिक साधारणसभामा पेश गर्नको लागि तयार गरेको वित्तीय विवरणमा शेयरधनी तथा सरोकारवालाहरुलाई बैंकको विवरण उत्कृष्ट तवरले प्रस्तुत गरेको थियो ।  

काठमाण्डौको होटल -याडिसनमा आयोजित एक कार्यक्रमका प्रमुख अतिथि महालेखापरिक्षक तोयम रायाले कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अवार्ड हस्तान्तरण गरेका बैंकले जनाएको छ । 

बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले नेपालको तर्फबाट दक्षिण एसियाली स्तरमा आयोजना हुने साफा बिपीए अवार्डका लागि प्रतिस्पर्धा गर्न समेत स्वतः मनोनित भएको बताइएको छ । 

गत वर्ष बैंकको वार्षिक वित्तीय विवरण चार्टड एकाउन्टेन्ट संस्था, नेपालबाट प्रदान गरिने “बिपीए अवार्ड सिल्भर” र साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा)ले वित्तीय सेवा क्षेत्र अन्तर्गत प्रदान गरिने “सर्टिफिकेट अफ मेरिट अवार्ड” बाट सम्मानित भएको थियो । बैंकिङ क्षेत्रमा यी अवार्डहरुलाई अति प्रतिष्ठित अवार्ड मानिने गरिएको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.