काठमाण्डौ । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ ।
बैंकको आइतबार दिनको ४ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिकवर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई १५.७८९५ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।
घोषित लाभांशमध्ये १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभांश(करसहित) रहेको छ ।
प्रस्तावित लाभांश बैंकको आगामी १९ औं वार्षिक साधारणसभाबाट पारित भएपछि र नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि सेयरधनीले पाउनेछन् ।
योसँगै गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्ने पहिलो विकास बैंक बन्न कामना सेवा सफल भएको छ । गत वर्ष पनि बैंकले १२ प्रतिशत लाभांश वितरण गरेको प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले जानकारी दिए ।