शनिबार, असार १३,२०८३ 09:12:00
Bizshala
  • शनिबार, असार १३,२०८३ 09:12:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रभू ग्रुपका अध्यक्ष देवी भट्टचनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतको अनुमति

Laxmi Sunrise Bank Limited
प्रभू ग्रुपका अध्यक्ष देवी भट्टचनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतको अनुमति

काठमाण्डौ । काठमाडौं जिल्ला अदालतले नेकपा एमालेका पूर्वसांसद तथा प्रभु ग्रुपका सञ्चालक देवीप्रसाद भट्टचन (६२) लाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को उल्लंघनको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई मंगलबार पक्राउ गरेको थियो।

New Office
CG Motors
Garima Development Bank

बुधबार अदालतमा पेस गर्दा म्याद थप भएको र सीआईबी हिरासतमा राखिएको सीआईबी प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठ ले जानकारी दिए।

ठाकुरप्रसाद मानन्धरसहितका पीडितहरूको जाहेरीपछि सीआईबीले कुसुम लामा सहित भट्टचनमाथि अनुसन्धान गर्दै आएको थियो। प्रहरीका अनुसार, भट्टचनले प्रमाण नष्ट गर्ने र अनुसन्धानलाई प्रभावित पार्ने प्रयास गर्दै लुकिछिपी बसेका थिए।

विप्रेषण कारोबारमा ठगीको जालो

-२०६९ पुस १ मा प्रभु म्यानेजमेन्ट प्रालि र प्रभु मनी ट्रान्सफर प्रालिबीच सम्झौता।

-दुवै कम्पनीका मुख्य सञ्चालक देवीप्रसाद भट्टचन।

-प्रभु म्यानेजमेन्टलाई सुपर एजेन्ट बनाई कुसुम लामा (तत्कालीन प्रबन्ध निर्देशक) ले देशभरका सहकारीहरूसँग विप्रेषण वितरणको करार।

-विदेशबाट आएको रेमिट्यान्स सहकारीमार्फत भुक्तानी दिने प्रणाली।

-तर सहकारीले ग्राहकलाई रकम तिरे पनि प्रभु मनी ट्रान्सफरले सोधभर्ना गरेन।

-३६ भन्दा बढी सहकारी पीडित, उजुरी परेको।

-नेपाल राष्ट्र बैंकको विप्रेषण विनियमावली २०७९ को उल्लंघन।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मंगलबार ललितपुरको गोदावरी–३ टौखेल बाट सीआईबी टोलीले भट्टचनलाई नियन्त्रणमा लिएको हो। अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको थियो।

राजनीतिक पृष्ठभूमि

-२०७९ को निर्वाचन: नेकपा एमालेको समानुपातिक सूची (जनजाति कोटाबाट पहिलो नम्बर) बाट सांसद।

-त्यसअघि: नेपाली कांग्रेसमा सक्रिय, संगठन विभाग उपप्रमुख।

सीआईबीले रेमिट्यान्स हिनामिनाको जटिल जालो खोल्दै थप व्यक्तिहरूमाथि अनुसन्धान विस्तार गर्ने जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.