आईतवार, कार्तिक ३०,२०८२ 12:11:07
IME remit
  • आईतवार, कार्तिक ३०,२०८२ 12:11:07
IME remit
Global IME Bank Limited

मंसिर महिनाका लागि १० वटा बैंकले घटाए ब्याजदर, कुनको कति ?

Hyundai Nepal
मंसिर महिनाका लागि १० वटा बैंकले घटाए ब्याजदर, कुनको कति ?
Shivam Cement

काठमाण्डौ । वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार २० वटा वाणिज्य बैंकमध्ये १० वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १० वटाले स्थिर राखेका छन् ।  

मंसिर महिनामा व्यक्तिगत निक्षेपको औषत ब्याजदर ५.०४ प्रतिशत रहेको छ । कात्तिक महिनामा भने यो दर ५.२० प्रतिशत कायम थियो ।  

मंसिर महिनाका लागि कुन बैंकको ब्याजदर कति ?

एनआईशी एशिया बैंक  

एनआईसी एशिया बैंकले मंसिर हिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । कात्तिक महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४.५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।    

नेपाल बैंक लिमिटेड

बैंकले मंसिर महिनाका लागि व्यक्तिगत र संस्थागत निक्षेप दुवैको ब्याजदर स्थिर राखेको छ । बैंकले मंसिर महिनाका लागि व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ५.२५ प्रतिशत र संस्थागततर्फ अधिकतम ३.२५ प्रतिशत कायम गरेको छ ।  

प्रभु बैंक  

प्रभु बैंकले पनि व्यक्तिगत र संस्थागत निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ।  बैंकले मंसिर महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४.९५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

 

 

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

एभरेष्ट बैंक  

बैंकले पनि व्यक्तिगत र संस्थागत दुवैतर्फको ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ५ र संस्थागतर्फ ४ प्रतिशत ब्याजदर दिने भएको छ ।  

सिटिजन्स इन्टरनेशनल बैंक

सिटिजन्स इन्टरनेशनल बैंकले मंसिर महिनाका व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ । बैंकले मंसिर महिनाका लागि  

व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.७५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर तोकेको छ । कात्तिक महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर दिएको थियो ।  

राष्ट्रिय वाणिज्य बैंक  

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत र संस्थागतको ब्याजदर स्थिर राखेको छ । बैंकले मंसिर महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ ।  

सानिमा बैंक  

सानिमा बैंकले मंसिर महिनाका लागि व्यक्तिगत र संस्थागततर्फको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ३ं३ प्रतिशत ब्याजदर कायम गरेको छ । कात्तिक महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.१४ प्रतिशत र संस्थागततर्फ ३.४ प्रतिशत ब्याजदर कायम गरेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

प्राइम कमर्सियल बैंक  

प्राइम कमर्सियल बैंकले मंसिर महिनाका लागि व्यक्तिगत निक्षेवको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.७५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । कात्तिक महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत ब्याजदर दिएको थियो ।  

नेपाल एसबीआई बैंक  

नेपाल एसबीआई बैंकले पनि ब्याजदर घटाएको छ । बैंकले मंसिर महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.८ प्रतिशत र संस्थागततर्फ ३.८प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ  । कात्तिक महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर दिएको थियो ।  

ग्लोबल आइएमई बैंक  

बैंकले मंसिर महिनाका लागि व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर प्रदान गर्ने निर्णय गरेको छ ।  

सिद्धार्थ बैंक  

सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको छ भने संस्थागत मुद्दती निक्षेपको स्थिर राखेको छ । बैंकले मंसिर महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ५ र संस्थागतर्फ ४ प्रतिशत ब्याजदर निर्धरण गरेको छ ।  बैंकले कात्तिक महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ५.५ र संस्थागतर्फ ४ प्रतिशत ब्याजदर दिएको थियो ।  

एनएमबी बैंक  

बैंकले मंसिर महिनाका लागि ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।  

हिमालयन बैंक  

हिमालयन बैंकले मंसिर महिनाका लागि व्यक्तिगत निक्षेप र संस्थागत दुवैको अधिकतम ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । बैंकले कात्तिक महिनाका लागि भने व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४.५ प्रतिशत ब्याजदर दिएको थियो ।  

कृषि विकास बैंक  

बैंकले मंसिर महिनाका लागि व्यक्तिगत र संस्थागत निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.९५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

माछापुच्छ्रे बैंक  

बैंकले मंसिर महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  ।  

कुमारी बैंक  

कुमारी बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फको अधिकतम ब्याजदर घटाएको छ भने व्यक्तिगततर्फको स्थिर राखेको छ । बैंकले मंसिर महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.९१र संस्थागततर्फ ४.०१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।  बैंकले कात्तिक महिनाका लागि भने व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.०१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो ।  

स्ट्याण्डर्ड चाटर्ड बैंक

स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यक्तिगत निक्षेपतर्फको ब्याजदर घटाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ । बैंकले मंसिर महिनाका व्यक्तिगततर्फ अधिकतम ४.७ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । कात्तिक महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ५ प्रतिशत ब्याज दिएको थियो ।  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले मंसिर महिनाका लागि व्यक्तिगत मुद्दतीको ब्याजदर स्थिर राखेको छ भने संस्थागततर्फको घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर दिएको थियो ।  

लक्ष्मी सनराइज बैंक  

लक्ष्मी सनराइज बैंकले मंसिर महिनाका लागि ब्याजदर स्थिर राखेको छ। बैंकले मंसिर महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।    

नबिल बैंक  

बैंकले मंसिर महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.७५ प्रतिशत र संस्थागततर्फ ३.७५ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.९५ प्रतिशत र संस्थागततर्फ ३.९२ प्रतिशत ब्याजदर दिएको थियो ।

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.