बिहीबार, असार ११,२०८३ 12:33:41
Bizshala
  • बिहीबार, असार ११,२०८३ 12:33:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कामना सेवा विकास बैंकलाई लगातार दोस्रो वर्ष SAFA अवार्ड

Laxmi Sunrise Bank Limited
कामना सेवा विकास बैंकलाई लगातार दोस्रो वर्ष SAFA अवार्ड

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले “साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (SAFA) अवार्ड 2024” मा निरन्तर दोस्रो वर्ष सम्मान पाएको छ। बैंकले वित्तीय सेवा क्षेत्रअन्तर्गत प्रदान गरिने “Certificate of Merit Award” प्राप्त गरेको हो।

New Office
CG Motors
Garima Development Bank

साफाले आर्थिक वर्ष 2023/24 को वार्षिक प्रतिवेदनका आधारमा वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका मापदण्डमा उत्कृष्ट प्रदर्शन गर्ने संस्थालाई यो अवार्ड प्रदान गर्छ। बैंकले आफ्नो १८औँ वार्षिक साधारण सभामा प्रस्तुत गर्न तयार पारेको वित्तीय विवरणमा शेयरधनी तथा सरोकारवालामाझ सूचनालाई स्पष्ट र प्रभावकारी ढंगले प्रस्तुत गरेको ठहरिएको छ।

यस वर्षको SAFA अवार्ड पाकिस्तानको इस्लामाबादमा आयोजित समारोहमा बैंकलाई प्रदान गरिएको हो। कामना सेवा विकास बैंकले गत वर्ष पनि यही अवार्ड जित्न सफल भएको थियो, जसले यसको निरन्तर उत्कृष्टता पुष्टि गर्छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (SAFA) इन्टरनेशनल फेडेरेसन अफ एकाउन्टेन्ट (IFAC) को क्षेत्रीय साझेदार हो, जसमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, अफगानिस्तानलगायत दक्षिण एसियाका ११ वटा चार्टर्ड एकाउन्टेन्ट संस्थाहरू सदस्य छन्। SAFA ले प्रत्येक वर्ष दक्षिण एसिया क्षेत्रमा प्रकाशित वित्तीय प्रतिवेदनको मूल्यांकन गरी विभिन्न विधामा अवार्ड प्रदान गर्दै आएको छ।

कामना सेवा विकास बैंकको यही वित्तीय प्रतिवेदनले यसअघि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट प्रदान गरिने “राष्ट्रिय उत्कृष्ट प्रतिवेदन अवार्ड 2024” मा वित्तीय सेवा क्षेत्रतर्फ “Gold Award” पनि जितिसकेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.