Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

नेपाल र कोरियाबीच अन्तरदेशीय क्यूआर भुक्तानी प्रणाली सम्बन्धी सम्झौता

Global IME Bank Limited
नेपाल र कोरियाबीच अन्तरदेशीय क्यूआर भुक्तानी प्रणाली सम्बन्धी सम्झौता
Nabil Bank Limited

काठमाण्डौ । फोनपे पेमेन्ट र्सिर्भस प्रालि र जीएलएन इन्टरनेसनल(विश्वव्यापी भुक्तानी नेटवर्क)बीच  नेपाल र कोरियाबिचको क्रस बोर्डर क्यूआर भुक्तानी प्रदान गर्ने सम्बधी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  

सम्झौता अन्तर्गत दुई कम्पनीहरूले नेपाल र कोरियामा आफ्ना सहभागी सदस्यहरू बीच क्रस बोर्डर क्यूआर कोडमा आधारित भुक्तानीहरू सहज बनाउन, यसको भुक्तानी प्रशोधन स्विचलाई एकीकृत गर्न आवश्यक नियामक, परिचालन प्राविधिक र व्यावसायिक सम्भाव्यता अन्वेषण गर्नेछन्।

फोनपे  र जीएलएनको यो सहकार्यबाट कोरियाबाट नेपाल आउने पर्यटकहरूले नेपालमा क्यूआर भुक्तानी गर्न सक्ने छन् । कोरियाबाट नेपाल आउने जीएलएन प्रयोगकर्ताहरूले हाना वान क्यू, केबी वालेट,आइएम बैंक,टस हाना मनि जस्ता बैंकिङ एप्स मार्फत फोनपेको तेह्र लाख अफलाइन स्टोरहरूमा क्यूआर भुक्तानी सेवाहरू प्रयोग गर्न सक्छन् ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसअघि, जीएलएनले दक्षिणपूर्वी एसियाली क्षेत्रहरू जस्तै थाइल्याण्ड, लाओस, भियतनाम, सिंगापुर, साथै जापान र ताइवान लगायत उत्तरपूर्वी एसियाली क्षेत्रहरूमा सफलतापूर्वक आफ्नो भुक्तानी नेटवर्क विस्तार गरिसकेको छ। फोनपेसँगको सहकार्यले जीएनएनले मध्य एशिया र अन्य एसियाली क्षेत्रहरूमा विस्तार योजनाहरूको पहल गरेको संकेत गरेको जनाइएको छ।  

फोनपेका सीईओ दिवस कुमारले भने, ‘हामी जीएलएनसँग सहकार्य गरेर हाम्रो सेवालाई कोरियाली पर्यटकहरूमा विस्तार गर्न उत्साहित छौँ र हालको समयमा हाम्रो अन्तर्राष्ट्रिय विस्तार अभियानमा एक नयाँ सदस्य थप्न सफल भएका छौँ । यस सहकार्यले नयाँ अवसरहरू खोल्न प्राविधिक सहयोग गर्नेछ, वित्तीय समावेशिता बढाउन तथा नेपाललाई एक सफल डिजिटल अर्थतन्त्र सिर्जना गर्नमा सहयोग पुर्‍याउनेछ।’


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.