शनिबार, असार १३,२०८३ 10:02:18
Bizshala
  • शनिबार, असार १३,२०८३ 10:02:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपालको आयात–निर्यात दुवै बढ्यो, व्यापारघाटा भने उच्च स्तरमै

Laxmi Sunrise Bank Limited
नेपालको आयात–निर्यात दुवै बढ्यो, व्यापारघाटा भने उच्च स्तरमै

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा नेपालमा आयात र निर्यात दुवैमा वृद्धि देखिएको छ। भन्सार विभागका अनुसार साउन–पुस अवधिमा आयात १४.१८ प्रतिशतले वृद्धि भई ९ खर्ब ३९ अर्ब २२ करोड ८८ लाख रुपैयाँ पुगेको छ भने निर्यात ४३.७६ प्रतिशतले बढेर १ खर्ब ४२ अर्ब १८ करोड रुपैयाँ पुगेको छ।

यस अवधिमा व्यापारघाटा पनि १०.१५ प्रतिशतले वृद्धि भई ७ खर्ब ९७ अर्ब ४८ लाख ६७ हजार रुपैयाँ कायम भएको छ। कुल वैदेशिक व्यापार भने १७.३६ प्रतिशतले बढेर १० खर्ब ८१ अर्ब ४० करोड ८९ लाख रुपैयाँ पुगेको छ।

New Office
CG Motors
Garima Development Bank

विशेष गरी आयातमा पेट्रोलियम पदार्थमा उच्च खर्च देखिएको छ। साउन–पुस अवधिमा १ खर्ब ५१ अर्ब रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ, जसमा डिजेल ५८ अर्ब २७ करोड, पेट्रोल ३३ अर्ब, र खाना पकाउने एलपी ग्यास २७ अर्ब ४२ करोड रुपैयाँ रहेको छ। फलाम–स्टील ६६ अर्ब १३ करोड, विद्युतीय उपकरण ६४ अर्ब ९२ करोड, र सोयाबिन तेल ५७ अर्ब ४३ करोड ६२ लाख रुपैयाँको आयात भएको छ।

निर्यातमा भने सोयाबिन तेल प्रमुख वस्तु रह्यो। नेपालबाट ५६ अर्ब ८२ करोड ४२ लाख रुपैयाँ बराबरको सोयाबिन तेल र ४ अर्ब ७८ करोड रुपैयाँ बराबरको सनफ्लावर तेल निर्यात भएको छ। त्यसैगरी, अलैंची ७ अर्ब १९ करोड रुपैयाँ बराबरको निर्यात भएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

वैदेशिक व्यापारमा भारत र चीनसँगको अवस्था भने असन्तुलित छ। भारतबाट ५ खर्ब ३२ अर्ब रुपैयाँबराबरको आयात हुँदा निर्यात १ खर्ब १५ अर्ब रुपैयाँ मात्र भएको छ। यसले भारतसँग ४ खर्ब १६ अर्ब रुपैयाँको व्यापारघाटा देखाएको छ। चीनसँगको व्यापारमा पनि आयात १ खर्ब ९६ अर्ब, निर्यात मात्र ६४ करोड रुपैयाँ रहँदा १ खर्ब ९५ अर्ब ३६ करोड रुपैयाँ घाटा भएको छ। चीनतर्फका नाका लामो समयसम्म बन्द रहँदा निर्यात प्रभावित भएको विभागले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.