Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

ऊर्जा क्षेत्रका चार परियोजनामा रु.९९.१८ अर्ब लगानी स्वीकृत

Global IME Bank Limited
ऊर्जा क्षेत्रका चार परियोजनामा रु.९९.१८ अर्ब लगानी स्वीकृत
Nabil Bank Limited

काठमाण्डौ ।  ऊर्जा क्षेत्रका चार वटा परियोजना लागि लगानी स्वीकृत भएको छ। प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बिहीबार बसेको बोर्डको ५७औँ बैठकले सुपर तमोर जलविद्युत परियोजना, अपर मोदी ए जलविद्युत परियोजना, कोहलपुर बाणगंगा सौर्य ऊर्जा परियोजना र तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत परियोजनामा लगानी स्वीकृत गरेको हो।

 यी परियोजनाको कुल लगानी ९९ अर्ब २० करोडबराबर छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यी परियोजनामध्ये २५० मेगावाटको सौर्य ऊर्जा परियोजना र तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत परियोजना विदेशी लगानीका परियोजना हुन्। यी परियोजनामध्ये सबैभन्दा ठूलो परियोजना २५० मेगावाट क्षमताको सौर्य ऊर्जा कोहलपुर तथा बाणगंगा (राइजेन इनर्जी सिङ्गापुर) का लागि २१ अर्ब १० करोड रुपैयाँ स्वीकृत भएको छ ।  

यस्तै १६६ मेगावाट क्षमताको सुपर तमोर परियोजनाका लागि ३४ अर्ब ५९ करोड, ४२ मेगावाट क्षमताको अपर मोदी–ए परियोजनाका लागि १० अर्ब आठ करोड, २५० मेगावाट क्षमताको सौर्य ऊर्जा कोहलपुर तथा बाणगंगा (राइजेन इनर्जी सिङ्गापुर) का लागि २१ अर्ब १० करोड र १३९.२ मेगावाट क्षमताको तल्लो मनाङ मर्याङ्दी जलविद्युत् परियोजनाका लागि ३३ अर्ब ४१ करोड लगानी स्वीकृत भएको छ ।


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.