बुधबार, असार १०,२०८३ 10:10:07
Bizshala
  • बुधबार, असार १०,२०८३ 10:10:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

फल लाग्ने बेला केराखेतीमा विपत्ति, किसानको सपना चकनाचुर

Laxmi Sunrise Bank Limited
फल लाग्ने बेला केराखेतीमा विपत्ति, किसानको सपना चकनाचुर

काठमाण्डौं । दाङमा आएको तीव्र हावाहुरीले किसानको मेहनतमाथि ठूलो चोट पुर्‍याएको छ ।  

घोराही उपमहानगरपालिका–१२ हापुर रतनपुरमा व्यावसायिक केराखेती गर्दै आएका किसान हुमबहादुर केसीको खेतमा सयौँ केराका बोट ढलेपछि लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ ।

New Office
CG Motors
Garima Development Bank

वैशाख २० गते आएको हावाहुरीले बिक्रीका लागि तयार हुँदै गरेका र फल लाग्ने चरणमा रहेका ४१३ वटा केराका बोट नष्ट गरेको किसान केसीले बताएका छन् ।  

चार बिघामा फैलिएको केराखेतीमध्ये करिब दुई बिघा क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको छ । 

प्रारम्भिक अनुमानअनुसार करिब दुई लाख ८५ हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

‘एनिमल सनसाइन बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्म’ सञ्चालन गर्दै आएका केसीले विगत पाँच वर्षदेखि हापुरस्थित माध्यमिक विद्यालयको १० बिघा जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्दै आएका छन् । 

उनका अनुसार साना बिरुवामा सामान्य असर परेपनि उत्पादन दिन लागेको ठूला केराका बोट पूर्ण रूपमा ढलेका छन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्यूठानको ऐरावती गाउँपालिका–२ घर भएका केसीले विद्यालयलाई वार्षिक ७० हजार रुपैयाँ भाडा तिर्दै आएका छन् ।  

उनले भाडामा लिएको जग्गामध्ये चार बिघामा केराखेती गरेका छन् भने बाँकी क्षेत्रमा मौसमअनुसार मकै, तोरी, मसुरोलगायतका बाली लगाउने गरेका छन् ।

उनका अनुसार फर्ममा उत्पादन भएको केरा स्थानीय गाउँदेखि घोराही बजारसम्म बिक्री हुँदै आएको छ ।

यसबाट मासिक ४० देखि ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।

केराखेतीसँगै कुखुरापालनसमेत सञ्चालन गर्दै आएका केसीले स्थानीय चार जनालाई रोजगारी पनि दिएका छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.