काठमाण्डौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार १०५ चालक कारबाहीमा परेका छन्।
कारबाहीबाट राज्यकोषमा रु २६ लाख ६० हजार राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ९९ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १९३ जना, ट्राफिक सङ्केत उल्लङ्घन गर्ने १३३ जना तथा तीव्र गतिमा सवारी चलाउने १३९ जनामाथि कारबाही गरिएको हो।
यस्तै, लेन अनुशासन उल्लङ्घन गर्ने १३२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ७९ जना, सडक पेटीमा पार्किङ गर्ने ८७ जना, एकतर्फी सडकमा सवारी चलाउने ७९ जना र अन्य विभिन्न नियम उल्लङ्घन गर्ने एक हजार १६४ जनालाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ।

