Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

Global IME Bank Limited
एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा
Nabil Bank Limited

काठमाण्डौ । एनआईसी एशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा कार्यालय पर्सा जिल्लास्थित वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगरमा नवनिर्मित आफ्नै भवनबाट सञ्चालनमा ल्याएको छ । यसअघि बर्दिबास नगरपालिकामा रहेको मधेश प्रादेशिक कार्यालय र वीरगंज महानगरपालिकामै रहेको वीरगंज शाखा नवनिर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ कारोबार सञ्चालन भइरहेको बैंकले जनाएको छ । 

बैंकले निर्माण गरेको उक्त नवनिर्मित भवनबाट प्रादेशिक कार्यालय र शाखा सञ्चालनमा ल्याएपश्चात् ग्राहकहरुलाई सम्पूर्ण किसिमका अत्यावश्यक बैंकिङ सेवा लिन थप सहज हुने बैंकले विश्वास लिएको छ ।  

साथै, उक्त नवनिर्मित भवनमा ग्राहकहरुलाई डिजिटल बैंकिङतर्फ प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले क्यास डिपोजिट मेशिन कियोस्क मेशिन र क्यास रिसाइकलर मेशिनजस्ता अत्याधुनिक सुविधा सम्पन्न मेसिनहरुबाट डिजिटल बैंकिङ कारोबार गर्नका लागि बेग्लै डिजिटल बैंकिङ हल समेत सञ्चालनमा ल्याएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

एनआईसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटीएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
CG Motors
IME remit
Mahalaxmi Development Bank
New Office

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.