एनआईसी एशियाका ग्राहकले सिपी हस्पिटलको सेवामा २०% सम्म छुट पाउने
काठमाण्डौ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्यउपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिपी हस्पिटल प्रा.लि. र बैंकबीच सम्झौता भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकले धनगढी, कैलालीमा रहेको सिपी हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा अस्पतालले उपलब्ध गराएको विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त गर्नसक्ने बताइएको छ ।