शुक्रबार, असार २०,२०८२ 06:51:58
  • शुक्रबार, असार २०,२०८२ 06:51:58
Global IME Bank Limited

एनआईसी एशियाको लगातार अधोगति, नाफामा ४२% को पहिरो

Hyundai Nepal
एनआईसी एशियाको लगातार अधोगति, नाफामा ४२% को पहिरो
Nabil Bank Limited

काठमाण्डौ । एनआईसी एशिया बैंक लगातार अधोगतिमा जान थालेको छ । बैंक पछिल्लो समय वित्तीय सकसबाट गुज्रिरहेको छ ।  

अधिक शाखा, सोहीअनुसार अधिक कर्मचारी र निकै ठूलो सञ्चालन खर्चका कारण बंैकले विगतमा आक्रामक व्यवसाय विस्तारको रणनीति लिए पनि त्यसको अपेक्षित प्रतिफल नआउँदा प्रमुख वित्तीय सूचकमा लगातार निराशाजनक अवस्था देखिन थालेको हो ।  

चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा पनि एनआईसी एशिया बैंकका प्रमुख वित्तीय सूचकहरु निरश देखिएका छन् । 

CG Motors
Muktinath Bikas Bank Limited

बैंकको खूद नाफामा पहिरो गएको छ भने वितरणयोग्य मुनाफा पनि घट्न पुगेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ३ अर्ब २७ करोड खूद नाफा कमाएको बैंकले यो वर्ष भने सोही अवधिमा १ अबै ९० करोड मात्र कमाउन सक्यो । बैंकको खूद मुनाफा झण्डै ४२ प्रतिशतले घटेको हो ।  

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ५९ करोड २२ लाखले ऋणात्मक बन्न पुगेको छ । अघिल्लो वर्ष ३ अर्ब ७५ करोडले धनात्मक थियो ।  

अघिल्लो वर्ष यही अवधिसम्म ४ अर्ब ६९ करोड रहेको सञ्चालन मुनाफा पनि घटेर ३ अर्ब ५६ करोडमा सीमित बन्न पुगेको छ ।  

खूद नाफा घटेका कारण अघिल्लो वर्ष यही अवधिसम्म ५६.६१ रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) घटेर २५.५२ रुपैयाँमा सीमित बन्न पुगेको छ ।  

बैंकको व्यवसाय विस्तारको नीति संकुचनमा परेका कारण समेत आम्दानीहरु घटेको देखिन्छ । अघिल्लो वर्ष यही अवधिसम्म ६ अर्ब १६ करोड बढी खूद ब्याज आम्दानी भएकोमा १०.१३ प्रतिशतले घटेर यो वर्ष ५ अर्ब ५४ करोडमा सीमित बन्न पुगेको छ ।  

कुल सञ्चालन आम्दानी पनि घटेर ७ अर्ब १२ करोडमा सीमित भएको छ ।  

बैंकका प्रमुख वित्तीय सूचकहरुमा लगातार गिरावट देखिएका कारण प्रतिसेयर नेटवर्थ पनि करिब ३९ प्रतिशतले घटेर २०५.१ रुपैयाँमा सीमित बन्न पुगेको छ ।  

अघिल्लो वर्ष ०.६१ प्रतिशतमा रहेको खराब कर्जाको अनुपात ह्वात्तै बढेर १.१९ प्रतिशत पुगेको छ ।  

समीक्षा अवधिका लागि मूल्य आम्दानी अनुपात १९.९७ गुणा रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.