शुक्रबार, श्रावण ८,२०८३ 04:24:11
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 04:24:11
Bizshala
Global IME Bank Limited

हनी ट्र्याप प्रकरणमा टिकटकर तुलसा अधिकारी पक्राउ, रेडकर्नर नोटिसपछि पक्राउ परेकी अधिकारीविरुद्ध पाँच कसुरमा मुद्दा

हनी ट्र्याप प्रकरणमा टिकटकर तुलसा अधिकारी पक्राउ, रेडकर्नर नोटिसपछि पक्राउ परेकी अधिकारीविरुद्ध पाँच कसुरमा मुद्दा
New Office

काठमाण्डौं । चर्चित टिकटकर तुलसा (तुलसी) अधिकारीलाई ठगी, आपराधिक लाभ र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ गरी नेपाल ल्याएर प्रहरी हिरासतमा राखिएको छ ।  

थाइल्यान्डबाट पक्राउ परेकी उनलाई रेड नोटिसका आधारमा नेपाल फर्काइएको हो ।

ललितपुर जिल्ला सरकारी वकिल कार्यालयले चार महिनाअघि दायर गरेको अभियोगअनुसार अधिकारीमाथि हनी ट्र्याप शैलीमा करोडौँ रुपैयाँ ठगी गरेको आरोप छ ।  

पीडित शंकर चिमोरियाको जाहेरीका आधारमा उनीविरुद्ध ठगी, आपराधिक लाभ, आपराधिक विश्वासघात, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेत पाँच कसुरमा मुद्दा अघि बढाइएको हो ।

अभियोगपत्रमा २०७५ सालदेखि चिनजानका क्रममा बनेको सम्बन्धलाई आधार बनाएर सहमतिमा भएको व्यक्तिगत सम्बन्धपछि ‘जबरजस्ती करणी’ मुद्दा हाल्ने धम्की दिई रकम असुली गरिएको दाबी गरिएको छ ।  

अनुसन्धान प्रतिवेदनअनुसार विभिन्न बहानामा पटक–पटक गरी ६ करोड ५२ लाख रुपैयाँभन्दा बढी रकम असुल गरिएको उल्लेख छ ।

प्रहरी विवरण अनुसार सो रकम घर, पसल, गहना, गाडी, शैक्षिक खर्चदेखि विदेशमा समेत पठाइएको देखिएको छ । 

अनुसन्धानमा तुलसी अधिकारीले उक्त रकम विभिन्न बैंक खाता, लगानी र सम्पत्ति खरिदमार्फत व्यवस्थापन गरेको दाबी गरिएको छ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी भागमा भने करिब २१ करोड रुपैयाँभन्दा बढीको कारोबार ‘प्लेसमेन्ट, लेयरिङ र इन्टिग्रेसन’ प्रक्रियाबाट विभिन्न खातामा सारिएको भन्दै ठूलो बिगो कायम गरिएको छ ।

यस प्रकरणमा नेलिका लामिछानेसहित अन्य केही व्यक्तिको संलग्नता रहेको अभियोगपत्रमा उल्लेख भए पनि केही प्रतिवादी धरौटीमा छुटेका छन् भने केही फरार छन् ।

पीडित शंकर चिमोरियाले २०७५ सालदेखि शुरु भएको व्यक्तिगत सम्बन्धपछि धम्की र दबाबमार्फत निरन्तर रकम असुली गरिएको भन्दै उजुरी दिएका थिए ।  

सोही आधारमा प्रहरी अनुसन्धानपछि मुद्दा अदालत पुगेको हो ।

हाल तुलसा अधिकारी ललितपुर प्रहरीको हिरासतमा रहेकी छन् र मुद्दाको प्रक्रिया अघि बढिरहेको प्रहरीले जनाएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.