सोमबार, भाद्र ९,२०८२ 11:39:37
  • सोमबार, भाद्र ९,२०८२ 11:39:37
Global IME Bank Limited

रु. १००० र ५०० को नोटमाथि प्रतिबन्ध लगाउने विषय संसदमा प्रवेश

Hyundai Nepal
रु. १००० र ५०० को नोटमाथि प्रतिबन्ध लगाउने विषय संसदमा प्रवेश
Shivam Cement

काठमाण्डौ । आर्थिक क्षेत्रका कतिपय विज्ञहरुले बेला बेला रु. १००० र रु. ५०० का नेपाली नोटमाथि प्रतिबन्ध लगाउने विषयले संसदमा प्रवेश पाएको छ ।  

नेपाली कांग्रेसका उपसभापति तथा संघीय सांसद धनराज गुरुंगले १००० र ५०० रुपैयाँ नोटमाथि प्रतिबन्ध लगाएर धेरै खालका आर्थिक विकृतिहरु निस्तेज पारिने तर्क  पेश गरेका हुन् । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बुधबार प्रतिनिधिसभाको बैठकमा युवा तथा खेलकूद मन्त्रालयको बजेटमाथि छलफलमा सहभागी भएका गुरुंगले आर्थिक क्षेत्रमा व्याप्त अनुशासनहीनता अन्त्यका लागि पनि रु. १००० र ५०० को नोटमाथि प्रतिबन्ध लगाउनुपर्ने दाबी गरे ।  

ठूला नोटमा प्रतिबन्ध लगाउन सकेमा भ्रष्टाचार रोकिने, गैरकानूनी कारोबार नियन्त्रणमा आउने र सरकारको राजश्व चुहावट नियन्त्रणमा समेत उल्लेख्य प्रगति हासिल हुने दाबी गरे।

‘सरकारमा रहेका साथीहरुले १००० र ५०० रुपैयाँको नोटमाथि प्रतिबन्ध लगाउन सक्नुपर्छ । मेरो यो प्रस्ताव आर्थिक सुशासनका लागि हो ।’ उपसभापति गुरुङले संसद बैठकमा भने–‘यी दुई ठूला नोटमाथि प्रतिबन्ध लगाए देशमा व्याप्त गैरकानूनी कारोबारमध्ये ८० प्रतिशत रोकिन्छ । ८० प्रतिशत भ्रष्टाचार रोकिन्छ । राजश्व चुहावट पनि ८० प्रतिशत रोकिन्छ । पानी र जमिनमुनी लुकाएर राखिएको  पैसा प्रणालीमा आउँछ ।’

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.