शनिबार, असार १३,२०८३ 10:02:08
Bizshala
  • शनिबार, असार १३,२०८३ 10:02:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आ.ब. २०८१/८२ मा अर्थतन्त्र ४.९% ले बिस्तार हुने एडीबीको प्रक्षेपण, मुद्रास्फिति ५% को सीमाभित्रै रहने

Laxmi Sunrise Bank Limited
आ.ब. २०८१/८२ मा अर्थतन्त्र ४.९% ले बिस्तार हुने एडीबीको प्रक्षेपण, मुद्रास्फिति ५% को सीमाभित्रै रहने

काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्र ४.९ प्रतिशतले बिस्तार हुने प्रक्षेपण गरिएको छ । यो भनेको आर्थिक वर्ष २०८०/८१ को अनुमानित ३.९ प्रतिशतभन्दा माथि रहने एशियाली विकास बैंक(एडिबी)को पछिल्लो प्रमुख आर्थिक प्रकाशन एसियन डेभलपमेन्ट आउटलुकले जनाएको छ ।  

एडीबीले गरेको प्रक्षेपण मिल्यो भने नेपालको अर्थतन्त्रमा गत वर्षको तुलनामा करिब २६ प्रतिशतको ग्रोथ देखिनेछ । 

आन्तरिक मागमा वृद्धि, पूर्वाधार खर्चमा तीव्रता र पर्यटनसम्बन्धी सेवाहरुको पुनरुत्थानले कुल ग्राहस्थ उत्पादन(जीडीपी) बढ्नेछ । नेपालका लागि एडिबीका राष्टिय निर्देशक अर्नो कोश्वाले भनेका छन् । 

New Office
CG Motors
Garima Development Bank

एशियन डेभलपमेन्ट बैंक आउटलुक(२०२४ सेप्टेम्बर)का अनुसार सामान्य मनसुनसँगै समयमै धान रोपाई सम्पन्न भएकोले कृषि क्षेत्रको वृद्धि फसल संकलनको अनुकुलतामा निर्भर रहनेछ । विद्युत उत्पादन क्षमतामा वृद्धिले औद्योगिक वृद्धिलाई टेवा दिनेछ । पर्यटकको आगमनमा वृद्धिले आवास र भोजन सेवाहरु लगायतका गतिविधि वृद्धिमा सहयोग पुग्न गई सेवा क्षेत्र विस्तार हुने अपेक्षा गरिएको छ । लचक मौद्रिक नीति, पूँजीगत बजेटको खर्चलाई तीव्रता दिने योजनासँगै आन्तरिक मागमा थप सुधार हुनुका साथै थोक एवम् खुद्रा व्यापार, यातायात र भण्डारण तथा घरजग्गा जस्ता व्यवसायिक गतिविधि सुदृढ हुने अपेक्षा गरिएको एडीबीले जनाएको छ ।  

नेपाल राष्टबैंकले आर्थिक वर्ष २०८१/८२ मा मुद्रास्फिति ५ प्रतिशतभित्रै सीमित गर्ने लक्ष्य लिएकोमा त्यो हासिल हुनसक्ने एडीबीको विश्लेषण छ ।

सरल फसल संकलन तथा नेपालको आयातको मुख्य स्रोत भारतमा मुद्रास्फितिमा सामान्य गिरावट आएसँगै मुद्रास्फिति केन्द्रीय बैंकले निर्धारण गरेको सीमाभित्रै रहने प्रक्षेपण गरिएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

'बाह्य जोखिमहरु भने सापेक्ष रुपमा नियन्त्रणमा रहनेछन् । व्यापार घाटामा गिरावट, उत्सावद्र्धक विप्रेषण आप्रवाह, र पर्यटक आगमनमा वृद्धिले गत आर्थिक वर्ष २०८०/८१ मा नै बाह्य क्षेत्रमा सुदृढ अवस्था देखिएको छ ।'एडिबीले भनेको छ-'यद्यपि आर्थिक वर्ष २०८१/८२ मा चालु खाता घाटा कुल ग्राहस्थ उत्पादनको एक प्रतिशतसम्म पुग्नसक्छ, जुन गत आर्थिक वर्षमा अर्थतन्त्र पुनरुत्थान तथा विप्रेषण आप्रवाहमा मध्यम सुधारसँगै ३.९ प्रतिशतले बचतमा रहेको थियो ।'  

एडिबीले जोखिमहरुको विषयमा समेत विश्लेषण गरेको छ । मध्यपूर्वमा कुनै पनि राजनीतिक तनाव गहिरिएको खण्डमा नेपालको विप्रेषण आयामा असर पर्नुका साथै इन्धन र खाद्यान्नको मूल्यमा वृद्धि हुनसक्छ । विश्वव्यापी आर्थिक मन्दीले पर्यटन आयलाई समेत असर गर्नसक्छ । प्राकृतिक विपद तथा जलवायु प्रकोपहरु नेपालको आर्थिक वृद्धिमा चिरस्थायी जोखिमका रुपमा रहेका उसको विश्लेषण छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.