शनिबार, असार १३,२०८३ 10:02:20
Bizshala
  • शनिबार, असार १३,२०८३ 10:02:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आयात र निर्यात दुवैमा गिरावट, व्यापार घाटा ०.४% ले वृद्धि

Laxmi Sunrise Bank Limited
आयात र निर्यात दुवैमा गिरावट, व्यापार घाटा ०.४% ले वृद्धि

काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा कुल वस्तु निर्यात ९.६ प्रतिशतले घटी रु.१२ अर्ब २३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ८.७ प्रतिशतले कमी आएको थियो ।

गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यातमा क्रमशः१०.६ प्रतिशत, ५९.८ प्रतिशत र ३.५ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पार्टिकल बोर्ड,पिना, चिया, ऊनी गलैंचा, जुत्ता तथा चप्पल लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, पाम तेल, जिंक शिट, जुटका सामान, तयारी पोशाक लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा कुल वस्तु आयातमा ०.६ प्रतिशतले कमी आई रु.१२८ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १.६ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ४.४ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२.० प्रतिशत र ०.४ प्रतिशतले वृद्घि भएको छ । 

New Office
CG Motors
Garima Development Bank

वस्तुगत आधारमा रासायनिक मल, यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्ट्स्, अन्य मेशिनरी तथा पार्टपुर्जा, तयारी पोशाक, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने धान तथा चामल, हवाइजहाजका स्पेयर पार्टपुर्जा, हट रोल्ड शिट इन क्वाइल, एम.एस. तार, छड, बार तथा क्वाइल, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ वीरगञ्ज, कैलाली, कृष्णनगर, तथा नेपालगञ्ज भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ कैलाली, मेची, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा ०.४ प्रतिशतले वृद्धि भई रु.११६ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ०.७ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.५ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.१३ अर्ब ९८ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.१७ अर्ब ३० करोड बराबरको भएको थियो ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.