बिहीबार, असार ११,२०८३ 12:33:53
Bizshala
  • बिहीबार, असार ११,२०८३ 12:33:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कामना सेवा विकास बैंकको १८ औं वार्षिक साधारण सभाबाट लाभांश पारित

Laxmi Sunrise Bank Limited
कामना सेवा विकास बैंकको १८ औं वार्षिक साधारण सभाबाट लाभांश पारित

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको १८ औं साधारण सभा असोज ३० गतेका दिन लिसारा रिसेप्सन, नक्साल, काठमाण्डौमा सम्पन्न भएको हो ।  

बैंकको सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि कुल १२ प्रतिशत लाभाशं पारित गरेको छ ।

साथै, उक्त साधारण सभाबाट लेखा परीक्षकको प्रतिवेदन सहित आव २०८०/८१ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आवको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाबलगायत वित्तिय विवरणसँग सम्बन्धित अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ ।  

New Office
CG Motors
Garima Development Bank

त्यसैगरि, सभाले १०० रुपैया दरले ३५ करोड रुपैयाँबराबरको वार्षिक ९ प्रतिशत लाभाशं दर कायम हुने गरि अविमोच्य असञ्चिती अग्राधिकार सेयर जारी गर्ने, प्राथमिक पूँजी वृद्धी गर्ने, र प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने लगायतका प्रस्तावहरु समेत पारित गरेको छ ।  

उक्त साधारण सभाले आव २०८१/०८२ को लेखापरीक्षण नियुक्ती गर्नको लागि बैंकको लेखारीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक बिआरएस न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टसलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साधारण सभामा सेयरधनीहरुले राखेको जिज्ञासाको जवाफ बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिए । सेयरधनीहरुले राखेका जिज्ञासाको जवाफ दिदैं बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले सेयरधनीहरुको सुझाव, स्वीकृत बजेट तथा कार्यक्रमअनुसार निर्धारण गरिएको लक्ष्यहरु हासिल हुने गरी कार्य सञ्चालन गरिएको तथा चालु आवमा पनि बैंकले सेयरधनीहरुको अपेक्षाबमोजिमको लक्ष्य हासिल गर्ने बताए ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.