मंगलवार, असार १७,२०८२ 03:16:35
  • मंगलवार, असार १७,२०८२ 03:16:35
Global IME Bank Limited

कामना सेवा विकास बैंकलाई साफा अवार्ड

Hyundai Nepal
कामना सेवा विकास बैंकलाई साफा अवार्ड
Nabil Bank Limited

काठमाण्डौ । कामना सेवा विकास बैंक, साउथ एशियन फेडेरेसन अफ एकाउन्टेन्ट अवार्ड २०२३’बाट सम्मानित हुने भएको छ । बैंक साउथ एशियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले वित्तीय सेवा क्षेत्र अन्र्तगत प्रदान गरिने ‘सर्टिफिकेट अफ मेरिट अवार्ड’बाट सम्मानित हुने भएको हो ।  

साउथ एशियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले आर्थिक वर्ष २०२२÷२३ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गर्ने भएको हो । बैंकले आफ्नो १७ औं वार्षिक साधारण सभामा पेश गर्नको लागि तयार गरेको उक्त वित्तीय विवरणमा सेयरधनीहरु तथा सरोकारवालाहरुलाई बैंकको विवरणहरु उत्कृष्ट तवरले प्रस्तुत गरेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

साफाले ११ नोभेम्वर २०२४ मा श्रीलंकाको कोलम्वोमा आयोजना गरिने एक कार्यक्रममा उक्त अवार्ड बैंकलाई प्रदान गर्नेछ । साउथ एशियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) इन्टरनेशनल फेडेरेसन अफ एकाउन्टेन्टको संजाल साझेदार हो । जसमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल, मालदिभ्स र अफगानिस्तानलगायत विभिन्न एघार वटा दक्षिण एशियाली क्षेत्रका चार्टड् एकाउन्टेन्ट निकायहरु समावेश छन् । साफाले हरेक वर्ष दक्षिण एशियाली क्षेत्रमा प्रकाशित वित्तीय प्रतिवेदनहरुको मुल्याङ्कन गरि विभिन्न विधामा अवार्डहरु प्रदान गर्दै आईरहेको छ ।

बैंकको उक्त वित्तीय प्रतिवेदन चार्डड एकाउन्टेन्ट संस्था नेपालबाट प्रदान गरिने ‘राष्ट्रिय उत्कृष्ट प्रतिवेदन अवार्ड २०२३’मा वित्तीय सेवा क्षेत्र तर्फको विधामा प्रदान गरिने सिल्भर अवार्ड समेत प्राप्त गर्न सफल थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.