शनिबार, बैशाख १३,२०८२ 03:03:36
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 03:03:36
IME remit
Global IME Bank Limited

रु.१ खर्बको बीमालेख धितोकर्जा प्रवाह, जीवन बीमकलाई पौने ३ अर्ब ब्याज आम्दानी

Hyundai Nepal
रु.१ खर्बको बीमालेख धितोकर्जा प्रवाह, जीवन बीमकलाई पौने ३ अर्ब ब्याज आम्दानी
Nabil Bank Limited

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले १ खर्ब रुपैयाँ बराबरको बीमालेख धितोकर्जा प्रवाह गरेका छन् । १४ जीवन बीमा कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म १ खर्ब ८ करोड ६६ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका हुन् ।  

जीवन बीमकहरुले प्रवाह गरेको यो कर्जा रकम गत आवको पहिलो त्रैमासको तुलनामा २.५१ प्रतिशत मात्रै बढी हो । गत आवको यस अवधिसम्म जीवन बीमकहरुले ९७ अर्ब ६४ करोड रुपैयाँको कर्जा प्रवाह गरेका थिए ।  

जीवन बीमा कम्पनीहरुमा बीमितले आफ्नो बीमालेख धितो राखी कर्जा लिन सकिने व्यवस्था छ । बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाले लिने ब्याजदर भन्दा सहुलियतमा आफ्नो बीमितलाई कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था छ ।  

जीवन बीमालेखसम्बन्धी निर्देशिका, २०७८ मा ‘बीमकले बीमालेखअन्तर्गत पुरा ३ वर्षको बीमाशुल्क प्राप्त भई बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भएपश्चात् तथा एकल बीमाशुल्क भुक्तानी गर्ने बीमालेखको हकमा समेत बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भएपश्चात् बीमालेख समर्पण गर्न तथा धितो राखेर ऋण प्रदान गर्न सक्नेछ’ भनी उल्लेख छ ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

बीमालेखबाहेक अन्य कुनै पनि वस्तु धितो राख्नु नपर्ने भएकाले बैंकको तुलनामा बीमा कम्पनीबाट ऋण लिने प्रक्रिया झन्झटमुक्त मानिन्छ । निर्देशिका बमोजिम बीमितले बीमा प्रारम्भ भएको तीन किस्ता प्रिमियम तिरेपछि प्रिमियम रकमको ९० प्रतिशतसम्म कर्जा लिन पाउनेछन् ।  

कुन कम्पनीबाट कति कर्जा प्रवाह ?

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म सर्वाधिक नेपाल लाइफबाट कर्जा प्रवाह भएको छ । कम्पनी एक्लैले ३४ अर्ब ९३ करोड रुपैयाँ बराबरको बीमालेख धितो राखेर बीमितहरुलाई कर्जा प्रवाह गरेको छ ।  

त्यस्तै, एलआइसी नेपालले पनि २२ अर्ब २९ करोड रुपैयाँको कर्जा प्रवाह गरेको छ भने नेशनल लाइफले भने ११ अर्ब ३९ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ ।  

यता राष्ट्रिय जीवन बीमा कम्पनीले ७ अर्ब ८७ करोड रुपैयाँ, हिमालयन लाइफले ७ अर्ब ११ करोड, एशियन लाइफले ५ अर्ब १ करोड, सुर्यज्योति लाइफले ४ अर्ब ३५ करोड, मेट लाइफले १ अर्ब ७७ करोड, सानिमा रिलायन्स लाइफले १ अर्ब ३४ करोड, प्रभु महालक्ष्मीले १ अर्ब १३ करोड, सिटिजन लाइफले ८८ करोड, आइएमई लाइफले ८१ करोड, सन नेपाल लाइफले ६५ करोड र रिलायबल नेपाल लाइफले ४९ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् ।  

Muktinath Bikas Bank Limited

गत आवको पहिलो त्रैमासको तुलनामा चालु आवको यस अवधिसम्म सबैभन्दा कर्जा प्रवाह बढाउनेमा आइएमई लाइफ रहेको छ । कम्पनीले १६.११ प्रतिशलते कर्जा प्रवाह बढाएको छ ।  

बीमालेख धितो कर्जाबाट पौने ३ अर्ब रुपैयाँ ब्याज आम्दानी  

जीवन बीमकहरुले बीमालेख धितो कर्जा प्रवाह गरेर पौने ३ अर्ब रुपैयाँ आम्दानी गरेका छन् । चालु आवको तीन महिनामा १४ जीवन बीमकले २ अर्ब ८५ करोड रुपैयाँ ब्याज आम्दानी गरेका हुन् ।  

यो आम्दानी गत आवको तुलनामा १२.६८ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमाससम्म जीवन बीमकहरुले २ अर्ब ५२ करोड रुपैयाँ ब्याज आम्दानी गरेका थिए ।  

असोज मसान्तसम्म सबैभन्दा धेरै नेपाल लाइफले ब्याज आम्दानी गरेको छ । कम्पनीले १ अर्ब २६ करोड रुपैयाँ कर्जा प्रवाह गरी ब्याज आम्दानी गरेको छ ।  

त्यस्तै, एलआइसी नेपालले ६० करोड ६२ लाख रुपैयाँ, नेशनल लाइफले २९ करोड ८८ लाख, हिमालयन लाइफले २१ करोड ४४ लाख, एशियन लाइफले १२ करोड ९९ लाख, सुर्यज्योति लाइफले १० करोड ६३ लाख, मेट लाइफले ५ करोड ६१ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले ५ करोड १५ लाख, प्रभु महालक्ष्मी लाइफले ३ करोड १७ लाख, सानिमा रिलायन्स लाइफले २ करोड ८१ लाख, सिटिजन लाइफले २ करोड ६७ लाख, आइएमई लाइफले १ करोड ७७ लाख, रिलायबल नेपाल लाइफले १ करोड ३ लाख रुपैयाँ र सन नेपाल लाइफले जम्मा ७० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।  

गत आवको तुलनामा ३ वटा कम्पनीको यस्तो आम्दानी घटेको छ भने बाँकी सबै कम्पनीको उल्लेख्य बढेको छ । सबैभन्दा बढी यस्तो आम्दानी बढ्नेमा आइएमई लाइफ रहेको छ । कम्पनीको ब्याज आम्दानी ९६२.९६ प्रतिशतले बृद्धि भएको छ ।

 

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.