बिहीबार, असार ११,२०८३ 06:05:59
Bizshala
  • बिहीबार, असार ११,२०८३ 06:05:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नियमित बचत खाताका ग्राहकलाई रकम जम्मा गर्न कामना सेवा विकास बैंकको आग्रह

Laxmi Sunrise Bank Limited
नियमित बचत खाताका ग्राहकलाई रकम जम्मा गर्न कामना सेवा विकास बैंकको आग्रह

काठमाण्डौ । कामना सेवा विकास बैंकले नियमित बचत खाताका ग्राहकहरुलाई आफूले जम्मा गर्नुपर्ने सम्पूर्ण रकम जम्मा गर्न आग्रह गरेको छ । बैंकले ्एक सूचना जारी गर्दै विभिन्न समयमा निक्षेप ग्राहकहरुले निश्चित समयमा निश्चित रकम गर्ने किसिमले खोलिएको नियमित बचत खाताका सन्दर्भमा (रिकरिङ डिपोजिट)निक्षेप ग्राहकहरुले खाता खोल्दाका बखत निश्चित समयमा निश्चित रकम नियमित बचत गर्ने शर्तमा खोलिएको खातामा कतिपय निक्षेप ग्राहकहरुले उक्त तय गरिएको नियमित बचत रकम जम्मा नगरेकाले रकम जम्मा गर्न आग्रह गरेको हो ।  

 

New Office
CG Motors
Garima Development Bank

यस्ता ग्राहकले सूचना जारी भएको ७ दिन भित्र आफूले जम्मा गर्नुपर्ने सम्पूर्ण रकम जम्मा गर्नु पर्ने बैंकले जनाएको छ । अन्यथा खाता खोल्दाका बखत तोकिएको शर्त बमोजिम नियमित रुपमा रकम मौज्दात कायम नगर्ने ग्राहकहरुको खाता बन्द गरि हालसम्म जम्मा भएको रकम बचत खाता रकमान्तर गरिने बैंकले उल्लेख गरेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै, तोकिएको निक्षेपको शर्त बमोजिमको लाभको सुनिश्चितताको लागि नियमित रुपमा बचत गर्न तय गरिएको बचत खातामा पर्याप्त रकम मौज्दात कायम गर्नुपर्ने कुरामा ध्यान दिन समेत बैंकले सूचित गरेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.