Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

योजना आयोगका उपाध्यक्ष र यूएनएफपीए नेपाल प्रतिनिधिबीच भेटवार्ता, १६औँ योजनामा चासो

Global IME Bank Limited
योजना आयोगका उपाध्यक्ष र यूएनएफपीए नेपाल प्रतिनिधिबीच भेटवार्ता, १६औँ योजनामा चासो
Nabil Bank Limited

काठमाण्डौ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)को नेपाल प्रतिनिधि वोन योङ होङबीच भेटवार्ता भएको छ। 

सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा सोमबार उपाध्यक्ष डा. श्रेष्ठ र योङ होङबीच भेटवार्ता भएको हो। नेपाल प्रतिनिधि होङले राष्ट्रिय योजना आयोगले बनाइरहेको १६औँ योजनाको विषयमा चासो राखेकी थिइन्। यसका साथै उनले यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सुधारमा नेपाल सरकारले गर्ने प्रयासमा यूएनएफपीएको सहयोग रहने बताइन्। 

उपाध्यक्ष श्रेष्ठले यूएनएफपीएले हालसम्म पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि निरन्तर सहकार्य हुने बताए। 

होङले संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका नेपाल प्रतिनिधिको जिम्मेवारी जुलाई ११ २०२२ देखि सम्हालेकी हुन्। अन्तर्राष्ट्रिय विकासमा १६ वर्षभन्दा धेरै अनुभव सँगालेकी होङ दक्षिण कोरियाली नागरिक हुन्। नेपाल प्रतिनिधिको जिम्मेवारी सम्हाल्नुअघि उनी मलावीका यूएनएफपीए प्रतिनिधि र त्यसअघि मोजाम्बिकमा डेपुटी प्रतिनिधि थिइन्।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.