काठमाण्डौ । हिमालयन डिष्टिलरीको आम्दानी बढेसँगै नाफामा सुधार आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ९३ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १६१.१३ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ३६ करोड ५६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद बिक्री आम्दानी पनि ७७.२८ प्रतिशतले बढेको छ । कम्पनीले २ अर्ब १६ करोड करोड रुपैयाँबराबरको खुद आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले बिक्रीमार्फत १ अर्ब ४० करोड रुपैयाँ कमाएको थियो ।
कम्पनीको कर्मचारी सुविधा खर्च ३० करोड ८१ लाख, प्रशासनिक तथा अन्य खर्च ११ करोड ३७ लाख, बिक्री तथा वितरण खर्च ४५ करोड ७५ लाख रुपैयाँ, वित्त खर्च १८ लाख ९५ हजार रहेको छ ।
अघिल्लो आवमा ४८ करोड ३२ लाख रहेको कम्पनीको सञ्चालन मुनाफा १ अर्ब २८ करोड पुगेको छ ।
कम्पनीको रिजर्भको आकार १ अर्ब १० करोड रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ३ अर्ब ४३ करोड र कुल चालु दायित्व ३४ करोड ५८ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ११.८८ रुपैयाँबाट बढेर ३१.०२ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १३५.८४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३९.८७ गुणा र तरलता अनुपात ९.९२ प्रतिशत कायम भएको छ ।