काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा झिनो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक १।७७ अंकले बढेर २७३१।९४ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३३८ कम्पनीको ७९ लाख ३४ हजार ४४४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०।१६ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह ०।६४ प्रतिशतले बढेको छ ।
आज १५ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा ३।३६ राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीको सेयरभाउ ३।३६ प्रतिशतले बढेर १५ हजार ४०० रुपैयाँ पुगेको छ ।
त्यस्तै, आइजीआई प्रुडेन्सियलको ०।४८ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०।३१ प्रतिशत, नेको इन्स्योरेन्सको ०।२८ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०।७५ प्रतिशत, सलिकोको ०।६९ प्रतिशत, शिखरको ०।४९ प्रतिशत, युनाइटेड अजोडको ०।२३ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ०।८० प्रतिशत, सिटिजन लाइफको ०।४९ प्रतिशत, हिमालयन लाइफको ०।१८ प्रतिशत, आइएमई लाइफको ०।२५ प्रतिशत, एलआइसी नेपालको ०।०१ प्रतिशत, नेशनल लाइफको ०।३६ प्रतिशत र रिलायबल नेपाल लाइफको ०।१३ प्रतिशतले बढेको छ ।
सर्वाधिक गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ५।८१ प्रतिशतले घटेर ११३७।८० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, एशियन लाइफको ०।५९ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०।०७ प्रतिशत, नेपाल लाइफको ०।१८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०।११ प्रतिशत, सन नेपाल लाइफको ०।२२ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०।६१ प्रतिशत, हिमालयन एभरेष्टको ०।८४ प्रतिशत, एनएलजीको १।२० प्रतिशत, प्रभु इन्स्योरेन्सको ०।९२ प्रतिशत, सानिमा जिआइसीको ०।२२ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०।०३ प्रतिशत र नेपाल रि इन्स्योरेन्सको ०।११ प्रतिशतले घटेको छ ।

