बिहीबार, असार ११,२०८३ 02:26:36
Bizshala
  • बिहीबार, असार ११,२०८३ 02:26:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रिलायन्सको ‘सुरुवाती कारोबार’माथि सरकारी छानबिन, सेटलमेन्ट नगरी क्लोजआउट तिरेर मूल्य उचालिएको आशंका

Laxmi Sunrise Bank Limited
रिलायन्सको ‘सुरुवाती कारोबार’माथि सरकारी छानबिन, सेटलमेन्ट नगरी क्लोजआउट तिरेर मूल्य उचालिएको आशंका

काठमाण्डौ । विवादास्पद आईपीओ प्रकरणका रूपमा चर्चित रिलायन्स स्पिनिंग मिल्सको दोस्रो बजारमा भएको सुरुवाती सेयर कारोबारमाथि सरकारी तहबाट छानबिन भइरहेको खुलासा भएको छ ।

बिजशालालाई प्राप्त सरकारी कागजातअनुसार रिलायन्सको सूचीकृतिपछिको प्रारम्भिक कारोबार, त्यसको सेटलमेन्ट प्रक्रिया, क्लोजआउट तथा मूल्य वृद्धिसँग सम्बन्धित गतिविधिमाथि CDSC and Clearing Limited, नेपाल धितोपत्र बोर्ड (SEBON)नेपाल स्टक एक्सचेञ्ज (NEPSE) ले अध्ययन तथा अनुसन्धान अगाडि बढाइरहेका छन् ।

New Office
CG Motors
Garima Development Bank

प्राप्त दस्तावेजमा रिलायन्स स्पिनिङ मिल्सको कारोबार राफसाफ तथा फछ्र्यौटसँग सम्बन्धित विस्तृत विवरण सिडिएससीबाट सेबोन र नेप्सेमा पठाइएको देखिन्छ । कागजातमा उक्त विषय “आवश्यक अध्ययन, अनुसन्धान तथा कारबाही प्रक्रियामा रहेको” उल्लेख गरिएको छ, जसले यस प्रकरणलाई नियामक निकायहरूले गम्भीर रूपमा लिएको संकेत गर्छ ।

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ सुरुदेखि नै विवादमा थियो । कम्पनीले दुई वर्षअघिको वित्तीय विवरणका आधारमा प्रतिकित्ता करिब रु. ८२० मा आईपीओ बिक्री गरेको विषयमा पूँजीबजारमा व्यापक प्रश्न उठेको थियो । कम्पनीको वास्तविक वित्तीय अवस्था कमजोर रहेको दाबी गर्दै सर्वसाधारणलाई अत्यधिक मूल्यमा सेयर बेचिएको आरोप लगाइएको थियो ।

त्यसलाई थप विवादास्पद बनाउने अर्को विषय थियो-कम्पनीले आईपीओ भने रु. ८२० हाराहारीमा बिक्री गरे पनि दोस्रो बजारमा पहिलो कारोबारका लागि नेप्सेसँग भने करिब रु. ३०० को आधार मूल्यमा सम्झौता गर्नु । “आफैंले ८२० रुपैयाँमा बेचेको सेयर ३०० रुपैयाँमा सूचीकरणका लागि कसरी स्वीकार गरियो ?” भन्ने प्रश्न त्यसबेला बजारमा व्यापक उठेको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सूचीकरणपछि भएको कारोबार झन् शंकास्पद देखिएको आरोप लगाइँदै आएको छ । बजार स्रोतहरूका अनुसार अत्यन्त न्यून कित्ताको दैनिक कारोबार गराएर, कारोबारको समयमै सेटलमेन्ट नगरी क्लोजआउटको २० प्रतिशत जरिवाना तिर्दै सेयर मूल्य क्रमशः माथि पुर्याइएको थियो ।

पूँजीबजारका जानकारहरूका अनुसार यस्तो शैलीको कारोबार सामान्य बजार व्यवहारभन्दा फरक देखिन्छ । न्यून परिमाणको कारोबारमार्फत मूल्यलाई कृत्रिम रूपमा प्रभावित गरिएको आशंका गर्दै विभिन्न निकायमा उजुरी परेको थियो । अहिले सार्वजनिक भएको सरकारी दस्तावेजले ती उजुरीहरूकै आधारमा अनुसन्धान प्रक्रिया अघि बढेको पुष्टि गरेको छ ।

यो प्रकरणले नेपालको पूँजीबजारमा आईपीओ मूल्य निर्धारण, सूचीकृतिपछिको कारोबार निगरानी, क्लोजआउट प्रणालीको दुरुपयोग तथा नियामकीय प्रभावकारितामाथि फेरि गम्भीर प्रश्न खडा गरेको छ ।

सिडिएससीबाट लिक भएको एउटा दस्तावेज :

स्रोतको अनुरोधमा पत्रमा रहेका केही संवेदनशील विषयहरु छोपिएको छ । 
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.