काठमाण्डौ । सर्वोच्च अदालतले पूर्वमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलले बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेका हुन् ।
पौडेललाई असार ८ मा सुर्खेतबाट पक्राउ गरिएको थियो । उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसनधान गरिरहेको छ । उनीमाथि व्यवसायी दीपक भट्टलाई श्रीराम टोवाको प्रालिका सेयर खरिदमा सहजीकरण गरेको आरोप लागेको छ ।
पौडेल पक्राउ परेपछि उनकी श्रीमती दोमाया पौडेलले पौडेलको गिरफ्तारी गैरकानुनी भएको भन्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

