बिहीबार, असार ११,२०८३ 04:42:34
Bizshala
  • बिहीबार, असार ११,२०८३ 04:42:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपालको विद्युत् निर्यात बढ्यो, दैनिक ६५० मेगावाटसम्म विद्युत् निर्यात गर्दै

Laxmi Sunrise Bank Limited
नेपालको विद्युत् निर्यात बढ्यो, दैनिक ६५० मेगावाटसम्म विद्युत् निर्यात गर्दै

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले वर्षायाममा उत्पादन बढेसँगै अतिरिक्त विद्युत् भारत र बंगलादेशमा निर्यात गर्न थालेको छ।  

प्राधिकरणका अनुसार हाल दैनिक करिब ६५० मेगावाटसम्म विद्युत् अन्तर्राष्ट्रिय बजारमा बिक्री भइरहेको छ भने केही दिनमा यो मात्रा घटबढ हुने गर्छ।

New Office
CG Motors
Garima Development Bank

बिहीबार मात्र प्राधिकरणले करिब ६२० मेगावाट विद्युत् भारत र बंगलादेशतर्फ निर्यात गरिरहेको जनाएको छ।  

जलविद्युत् उत्पादन वर्षायाममा उच्च हुने भएकाले आन्तरिक माग पूरा भएपछि बचत विद्युत् विदेशमा बिक्री गर्न थालिएको हो।

प्राधिकरणले दिएको जानकारीअनुसार हाल बंगलादेशसँग भएको दीर्घकालीन सम्झौताअनुसार करिब ४० मेगावाट विद्युत् नियमित रूपमा आपूर्ति भइरहेको छ।  

बाँकी अधिकांश विद्युत् भने भारतीय ऊर्जा बजारमा बिक्री भइरहेको छ।

भारततर्फको विद्युत् बिक्री मुख्य रूपमा भारतीय ऊर्जा विनिमय बजार ९क्ष्भ्ह्० तथा मध्यकालीन सम्झौतामार्फत भइरहेको प्राधिकरणले जनाएको छ। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस प्रणालीमार्फत दिनअनुसारको माग र मूल्यको आधारमा विद्युत् व्यापार हुने भएकाले निर्यात मात्रा दैनिक रूपमा परिवर्तन हुने गर्छ।

नेपाल विद्युत् प्राधिकरणले हाल भारत र बंगलादेश दुवै देशमा गरी कुल करिब १,२०० मेगावाटसम्म विद्युत् बिक्री गर्न अनुमति प्राप्त गरेको छ।  

यसले नेपाललाई ऊर्जा निर्यातमार्फत विदेशी मुद्रा आर्जन गर्ने अवसर बढाएको छ।

वर्षायाममा उत्पादन हुने अतिरिक्त जलविद्युत् उपयोग गरी निर्यात बढाउँदा एकातर्फ ऊर्जा खेर जाने अवस्था घटेको छ भने अर्कोतर्फ राष्ट्रिय आयमा समेत सकारात्मक योगदान पुगेको प्राधिकरणले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.