सुनको मूल्य करिब १४ डलरले घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको मूल्य ०.४२ प्रतिशत अर्थात १३.९२ डलरले घटेको छ । यो गिरावटसँगै सुनको कारोबार प्रतिऔंस ३ हजार २९५ डलरमा कारोबार भईरहेको छ ।