बुधबार, भाद्र २५,२०८२ 12:36:10
  • बुधबार, भाद्र २५,२०८२ 12:36:10
Global IME Bank Limited

नेप्से, सिडिएससी र ब्रोकरको डेटा सेन्टर सुरक्षित, हल्लाको पछि नलाग्न लगानीकर्तालाई आह्वान

Hyundai Nepal
नेप्से, सिडिएससी र ब्रोकरको डेटा सेन्टर सुरक्षित, हल्लाको पछि नलाग्न लगानीकर्तालाई आह्वान

काठमाण्डौ । नेप्से, सिडिएससी र ब्रोकरहरुको डेटा सेन्टर पनि ध्वस्त भएको खबर आयो । के हामी लगानीकर्ताको सम्पत्ति सुरक्षित छ ? बिजशालालाई बुधबार बिहानदेखि यस्ता म्यासेजहरु लगानीकर्ताहरुले पठाइरहेका छन् ।  

लगानीकर्ताहरुले चिन्ता गरेजस्तो के नेप्से, सिडिएससी र ब्रोकरको डेटा सेन्टर सुरक्षित छ त ? कतै लगानीकर्ताहरुको सम्पत्तिसँग जोडिने त्यस्ता डेटा सेन्टरहरु पनि आगोमा खरानी भए कि ? 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईले बिजशालासँग कुरा गर्दै लगानीकर्ताहरुको चिन्तालाई सम्बोधन गरेका छन् । उनका अनुसार नेप्सेको डेटा सेन्टर पूर्ण रुपमा सुरक्षित छ । 'हाम्रो मूल डेटा सेन्टर नेप्सेमै छ ।' उनले भने -'हिजो केही घण्टा लाइन गएपछि पनि डेटा सेन्टरलाई सर्टडाउन हुन नदिन हामीले इन्धनको व्यवस्था पनि गरिसकेका छौं । अब लगातार बिजुली नहुँदाको अवस्थामा समेत १५ १६ घण्टासम्म चल्ने ब्याकअप पनि तयार गरिसकेका छौं ।'  

लगानीकर्ताहरुको सम्पत्तिसँग जोडिने सेयरको मुख्य कारोबारसँग सम्बन्धित मुख्य डेटा सेन्टर नेप्सेकै भएका कारण त्यो सुरक्षित रहेको र लगानीकर्ताले चिन्ता गर्नुपर्ने अवस्था नरहेको उनको प्रष्टोक्ति छ । 

अर्का एक लगानीकर्ताले म्यासेज पठाउँदै हामीलाई सोधेका थिए: सिंहदरबारभित्रको जीआईडिसी भवनमा सिडिएससीको मुख्य डेटा सेन्टर थियो, त्यसको अवस्था के छ ?  

हामीले यो विषयमा सिडिएससीलाई बुझ्यौं । सिडिएससी प्रवक्ता सुरेश न्यौपानेले डेटा सेन्टर सुरक्षित रहेको जानकारी दिए । यस्तै विषम परिस्थितिका लागि भनेर सिडिएससीले काठमाण्डौबाहिर पनि डेटा सेन्टरको ब्याकअप राखेको र त्यो पनि सुरक्षित रहेकोले अत्तालिनुपर्ने अवस्था नरहेको उनले प्रष्ट पारे । 'हामी पूर्ण रुपमा सुरक्षित छौं, लगानीकर्ताको सम्पत्ति पनि पूर्ण रुपमा सुरक्षित छ ।' उनले भने ।  

कतिपयले ब्रोकरहरुले थापाथलीमा राखेको डेटा सेन्टर ध्वस्त भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । तर, ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष भरत रानाभाटका अनुसार थापाथली र अन्य क्षेत्रमा हरेको ब्रोकरहरुको डेटा सेन्टरमा पनि कुनै क्षति भएको छैन । 'लगानीकर्ताको सबै डेटा सुरक्षित छ ।'-उनले भने।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.