शुक्रबार, जेष्ठ १,२०८३ 02:44:01
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 02:44:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बालुवाटारबाट कहाँ भागे ओली: सैनिक ब्यारेकमा छन् कि भारत पुगे ?

Laxmi Sunrise Bank Limited
बालुवाटारबाट कहाँ भागे ओली: सैनिक ब्यारेकमा छन् कि भारत पुगे ?
Shivam Cement

काठमाण्डौ । जेनजीहरु बुढानिलकण्ठस्थित प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासभित्र छिरेर तोडफोड मच्चाए र आगजनी गरे । सुरक्षाकर्मीले उनीहरुलाई रोक्न नसकेपछि देउवा र उनकी पत्नी आरजूमाथि आक्रमण भयो । उनीहरु दुवैलाई प्रदर्शनकारीले रगताम्य हुने गरी कुटपिट गरे र सुरक्षाकर्मीको जिम्मा लगाए । जब यो खबर सुरक्षा निकायमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पुग्यो, तब उनले पनि भाग्ने निर्णय गरे । 

Bizshala
New Office
CG Motors

उच्च स्रोतहरुका अनुसार देउवा दम्पत्तिमाथिको आक्रमण र निवास ध्वस्त बनाएको खबरसँगै ओली पत्नी राधिका शाक्यसँगै भाग्ने निधोमा पुगे । त्यसपछि हतार हतार राजीनामा दिए र बालुवाटारस्थित सरकारी निवासमै सेनाको हेलिकप्टर मगाएर पौने २ बजेतिर कतै उडे ।  

ओली बालुवाटारबाट भागेको १ घण्टापछि मात्र प्रदर्शनकारी उनको सरकारी निवासमा छिरे र तोडफोड मच्चाए । ओलीलाई खोजे तर भेटेनन् ।  

अहिले सर्वत्र चासो छ, प्रधानमन्त्रीबाट राजीनामा गरेपछि ओली कता भागे ?

Garima Development Bank
Shivam Cement
IME remit

उच्च सुरक्षा स्रोतले दिएको जानकारी अनुसार सेनाको हेलिकप्टरले ओली लगायतका सरकारका मन्त्री तथा उच्च पदस्थ नेताहरुलाई ककनी र शिवपुरीको सैनिक ब्यारेकमा लगेर राखेको छ । सेनाको ब्यारेक नै सबैभन्दा सुरक्षित हुने ठानेर ओली लगायतका नेताहरुलाई त्यहाँ लगिएको दाबी गरिएको छ ।

 तर, केही स्रोतहरुले भने ओली दिउँसो सेनाको हेलीबाट भैरहवा पुगेका र त्यहाँबाट भारततर्फ लागेका समेत दाबी गरेका छन् ।  

दोश्रोभन्दा पहिलो दाबीचाहि यथार्थनजिक जस्तो देखिन्छ । ककनी र शिवपुरी क्षेत्रका स्थानीयबासीले आज दिनभर सेनाको हेलिकप्टरको उडान र अवतरण बाक्लो संख्यामा भएको बताएका छन् । यसको अर्थ सेनाको शिवपुरी ब्यारेक र ककनी क्षेत्रमा शीर्ष नेताहरुलाई सेनाले सुरक्षा दिएर आफ्नो ब्यारेकमा राखेको हुनसक्छ ।  

 

 

 

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.