काठमाण्डौ । सरकारले पूर्व गृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङसँग जोडिएका सार्वजनिक विवाद र आरोपहरूको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।
मन्त्रिपरिषद्को वैशाख २८ गते बसेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय अनुसन्धान समिति बनाउने निर्णय गरेको हो । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार गुरुङ गृहमन्त्री रहेका बेला तथा त्यसपछिका अवधिमा सार्वजनिक रूपमा उठाइएका विषयहरूको अध्ययन, विश्लेषण र आवश्यक छानबिन गरी निष्कर्षसहितको सुझाव सरकारलाई बुझाउने जिम्मेवारी समितिलाई दिइएको छ ।
समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश प्रदान गरिएको सचिवालयले जनाएको छ ।

