'पदलोलुप' छैनन् जेन-जी, सुदन गुरुङले गरे मन्त्री नबन्ने घोषणा
काठमाण्डौ । पुराना पार्टी र नेताहरु पद भनेपछि मरिहत्ते गर्छन् । कतिपयले जेनजी आन्दोलनका क्रममा उदाएका युवाहरु समेत पदलोलुप होलान् भन्ने अड्कलबाजी गरिरहेका भए ती गलत हुनेछन् । जेनजी आन्दोलनको अगुवाई गरिरहेकामध्ये केहीले अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नियुक्ति र सपथलगत्तै आफूहरु सरकारमा नजाने सार्वजनिक घोषणा गरेका छन् ।