बुधबार, जेष्ठ ६,२०८३ 03:10:01
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 03:10:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एमालेद्वारा गृहमन्त्री गुरुङको राजीनामा माग

Laxmi Sunrise Bank Limited
एमालेद्वारा गृहमन्त्री गुरुङको राजीनामा माग
Shivam Cement

काठमाण्डौ । नेकपा (एमाले) ले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ । पार्टीले एक विज्ञप्ति जारी गर्दै गृहमन्त्रीसँग सम्बन्धित विषयहरुमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान प्रक्रिया अघि बढाउन माग गरेको हो ।  

सम्पत्ति विवरणमा सेयर कारोबार लुकाइएको आरोप र विवादास्पद व्यापारीसँगको नजिक सम्बन्धका कारण गृहमन्त्री गुरुङ विवादमा तानिएका छन् ।

गृहमन्त्रीसँग सम्बन्धित रूपमा बाहिर आएका घटनाक्रमले केवल शंका मात्र सिर्जना नगरी विगतमा हुन सक्ने अनियमितता र विकृतिका पक्षहरू पनि उजागर गर्न सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

Bizshala
New Office
CG Motors

पार्टीले गृहमन्त्रीसँग जोडिएका विषयमा स्वतन्त्र र निष्पक्ष अनुसन्धान अघि बढाउन जोड दिएको छ । यसका लागि कुनै पनि किसिमको प्रभाव वा दबाबबाट मुक्त वातावरणमा अनुसन्धान हुनुपर्ने एमालेको धारणा छ । साथै, गृहमन्त्रीसँग सम्बन्धित सबै प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठन गरी तुरुन्त अनुसन्धान सुरु गर्नुपर्ने माग गरिएको छ ।

एमालेले गृहमन्त्री स्वयंले पनि अनुसन्धानमा कुनै अवरोध नगरी सहज, पारदर्शी र प्रभावरहित वातावरण बनाउन पहल गर्नुपर्ने बताएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि सरोकारवालाहरूबीच चासो र प्रश्नहरू उठ्दै आएको एमालेले जनाएको छ । यस विषयमा आगामी दिनमा अझ विस्तृत बहस र छलफल हुने पनि पार्टीको विश्वास छ ।

एमालेको भनाइमा, गृहमन्त्रीसँग जोडिएको प्रकरणले शंका मात्र होइन, अघिल्ला सम्भावित अनियमितता र विकृतिका तथ्यहरू क्रमशः बाहिर आउने संकेत समेत गरेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X