शनिबार, असार १३,२०८३ 11:48:27
Bizshala
  • शनिबार, असार १३,२०८३ 11:48:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

'पदलोलुप' छैनन् जेन-जी, सुदन गुरुङले गरे मन्त्री नबन्ने घोषणा

Laxmi Sunrise Bank Limited
'पदलोलुप' छैनन् जेन-जी, सुदन गुरुङले गरे मन्त्री नबन्ने घोषणा

काठमाण्डौ । पुराना पार्टी र नेताहरु पद भनेपछि मरिहत्ते गर्छन् । कतिपयले जेनजी आन्दोलनका क्रममा उदाएका युवाहरु समेत पदलोलुप होलान् भन्ने अड्कलबाजी गरिरहेका भए ती गलत हुनेछन् । जेनजी आन्दोलनको अगुवाई गरिरहेकामध्ये केहीले अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नियुक्ति र सपथलगत्तै आफूहरु सरकारमा नजाने सार्वजनिक घोषणा गरेका छन् । 

New Office
CG Motors
Garima Development Bank

यस्तो घोषणा गर्नेमा प्रधानमन्त्री बनेलगत्तै सुशीला कार्कीको हात समाएर शितल निवासमा ऐक्यबद्धता जनाएका हामी नेपालका अभियन्ता सुदन गुरुङ रहेका छन् ।  

हामी नेपालको आधिकारिक फेसबुक पेजबाट आफ्नो सन्देश प्रवाह गर्दै उनले आफू वा हामी नेपाल समूहबाट कुनै पनि व्यक्ति वा प्रतिनिधि कार्की नेतृत्वको क्याबिनेटमा सहभागी नहुने भन्दै आफूहरु पदलोलुप नभएको, बरु परिवर्तनको पक्षमा रहेको उदाहरण पेश गरेका हुन् ।  

'हामी नेपाल र सुदन गुरुङ कुनै सरकारी निकायमा सामेल हुने भन्ने गलत समाचार फैलाइएको छ। हामी तपाईंलाई विश्वास दिलाउन चाहन्छौँ कि अन्तरिम सरकारमा हामी नेपालबाट कोही पनि सामेल हुने छैन।' हामी नेपालको आधिकारिक फेसबुक पेजमा प्रधानमन्त्री कार्कीको सपथपछि लेखिएको छः हामी वाचा गर्छौं कि यो सरकारले केवल योग्य र इमानदारीपूर्वक नेतृत्व गर्न सक्ने, दक्ष र योग्य उम्मेदवारहरूलाई मात्र स्थान दिनेछ। हामी नेपाल नेतृत्व गर्ने होइनौं; हामी त तपाईंहरूको आवाजको एउटा छायामात्र हौं। हामी पनि तपाईंहरूसँगै यो आन्दोलनको हिस्सा हौं। हामी सबैले गौरव गर्न सक्ने नेपाल चाहन्छौं, जसरी तपाईंहरू सबैले चाहनुहुन्छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हामी नेपालले गर्वका साथ यो प्रक्रियाबाट कुनै लाभको अपेक्षा नराख्ने समेत बताएको छ । 'आज हामीले जे उपलब्धि हासिल गरेका छौं, त्यो सबैको सामूहिक प्रयासको नतिजा हो।'- उसले भनेको छ ।  

पद, त्यो पनि मन्त्रीकै पद भनेपछि हुरुक्क हुने पुराना पुस्ताका नेताहरुलाई हामी नेपालको यो घोषणा सबक हुनसक्छ । अझ जेनजी पुस्तालाई अगाडि सारेर ऐतिहासिक विद्रोह गरेका समूहहरु पदका लागि लागेका होइनन् भन्ने कुरा हामी नेपालको यो त्यागले समेत देखाएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.