काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य घटेको छ । बुधबारको कारोबारमा सुनको मूल्य १ हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख १६ हजार १ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन भने सुनको मूल्य १३ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । उक्त मूल्य हालसम्मकै उच्च हो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज ४५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ५५० रुपैयाँमा कारोबार भईरहेको छ ।