सुनको मूल्य बढ्ने क्रम आजपनि जारी, कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम आजपनि जारी रहेको छ । अघिल्लो दिन प्रतितोला १३ सय रुपैयाँले बढेको सुनको मूल्य आजपनि बढेको हो । आज सुनको मूल्य १६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँमा भईरहेको छ ।