काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य तीन साताकै न्यून नजिक पुगेको छ । आजको कारोबारमा सुनको मूल्य १३ डलरले घट्दै प्रतिऔंस ३ हजार ३१२ डलरका कारोबार भईरहेको छ ।
सोमबार अमेरिका र युरोपबीच भएको व्यापार सम्झौताले डलर बलियो बन्दा र लगानीकर्ताको रिस्क सेन्टिमेन्ट घट्दा सुनको मूल्यमा गिरावट आएको हो ।
सुनलाई आर्थिक अनिश्चितता र राजनीतिक संकटको बेला सुरक्षित लगानीको रुपमा लिइन्छ ।
पछिल्लो समय डलर इन्डेक्स एक साताकै बलियो बनेको छ । जसका कारण अन्य मुद्रा भएकाहरुलाई सुनको खरिद महङ्गो पर्न गएको छ ।