सुनको मूल्य एकैदिन ५ हजार ७ सयले बढ्यो, हालसम्मकै उच्च कायम
काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्यले नयाँ उचाई चुमेको छ । बिहिबारको कारोबार सुनको मूल्यमा ५ हजार ७ सय रुपैयाँको उछाल आएसँगै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँ कायम भएको छ ।