आईतवार, जेष्ठ ३,२०८३ 06:04:14
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 06:04:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

विद्युत बिक्री आम्दानी बढ्दा हाइड्रो कम्पनीहरुको नाफामा सुधार, ३१ कम्पनीले ब्यहोरे झण्डै ५ अर्ब घाटा

इपीएस कुनको कति ?

Laxmi Sunrise Bank Limited
विद्युत बिक्री आम्दानी बढ्दा हाइड्रो कम्पनीहरुको नाफामा सुधार, ३१ कम्पनीले ब्यहोरे झण्डै ५ अर्ब घाटा
Shivam Cement

काठमाण्डौ । हाइड्रोपावर कम्पनीहरुको नाफामा सुधार देखिएको छ । गत आवको अन्त्यसम्म हाइड्रोपावरहरुले समग्रमा २ अर्ब १९ करोड १२ लाख रुपैयाँ नाफा कमाएका छन् ।  

अघिल्लो आवमा भने हाइड्रोपावर कम्पनीहरु समग्रमा २ अर्ब ५३ करोड ५ लाख रुपैयाँ घाटामा रहेका थिए । गत आवमा हाइड्रो कम्पनीहरुको विद्युत बिक्री आम्दानी बढेसँगै नाफामा सुधार देखिएको हो ।  

साथै गत वर्ष असोज महिनामा आएको बाढी पहिरोका कारण हाइड्रो प्रोजेक्टहरुमा ठूलो क्षति पुगेको थियो । सोही बमोजिम हाइड्रो कम्पनीहरुले बीमा कम्पनीमा क्षतिको दाबी गरेवापत भुक्तानी पाएकाले पनि हाइड्रो कम्पनीहरुको नाफामा सुधार देखिन पुगेको हो ।  

नेप्सेमा ९२ वटा हाइड्रो कम्पनी सूचीकृत रहेकोमा हालसम्म ८९ वटाले गत आवको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेका छन् भने तीन कम्पनीको रिर्पोट आउन बाँकी छ ।  

वित्तीय विवरण सार्वजनिक गरेका ८९ कम्पनीमध्ये गत आवमा ६५ प्रतिशत अर्थात् ५८ कम्पनी नाफामा उक्लिएका छन् भने ३१ कम्पनी अझै घाटामा रहेका छन् ।  

Bizshala
New Office
CG Motors

तर यो अघिल्लो आवको तुलनामा राम्रो नतिजा हो । अघिल्लो आवमा जम्मा ४३ कम्पनीले मात्रै नाफा कमाएका थिए भने ४६ कम्पनी घाटामा थिए ।  

नाफामा रहेका ५८ वटा हाइड्रो कम्पनीले भने गत आवमा ७ अर्ब ११ करोड ७७ लाख रुपैयाँ नाफा कमाउन सफल भएका छन् । अघिल्लो आवमा भने नाफामा उक्लिएका ४३ कम्पनीले ३ अर्ब ९४ करोड १० लाख रुपैयाँ नाफा कमाएका थिए । यस हिसाबमा नाफामा रहेका हाइड्रो कम्पनीहरुको मुनाफा अघिल्लो आवको तुलनामा ८०.६१ प्रतिशत बढेको छ ।  

साथै गत आवमा घाटामा रहेका ३१ हाइड्रोपावरले भने ४ अर्ब ९२ करोड ६५ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् । अघिल्लो आवमा घाटामा रहेका ४६ कम्पनीले ६ अर्ब ४७ करोड १६ लाख रुपैयाँ घाटा ब्यहोरेका थिए ।  

तुलनात्मक रुपमा हेर्दा अघिल्लो आवको तुलनामा हाइड्रो कम्पनीहरुको नाफा गत आवमा सुधारिएको छ । अघिल्लो आवमा घाटा ब्यहोरेका केही कम्पनीले गत आवमा राम्रो नाफा कमाउन सफल भएका छन् ।

गत आवमा सबैभन्दा बढी नाफा कमाउनेमा साहज उर्जा लिमिटेड र चिलिमे हाइड्रोपावर रहेको छ । साहजले ९० करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ भने चिलिमेले ६७ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको छ ।  

सबैभन्दा थोरै नाफा कमाउने कम्पनीमा भने थ्री स्टार हाइड्रो र रिभर फल्स पावर रहेको छ । रिभर फल्सले गत आवमा १० लाख ७९ हजार रुपैयाँ नाफा कमाएको छ भने थ्री स्टारले जम्मा २ लाख ५३ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ ।  

नाफामा रहेका ५८ हाइड्रो कम्पनीमा पनि ३१ कम्पनीको नाफा अघिल्लो आवको तुलनामा बढेको छ भने अघिल्लो आवमा घाटामा रहेका १६ कम्पनीले नाफामा जम्प गरेका छन् । यसर्थमा ४७ कम्पनीको नाफामा उल्लेख्य सुधार देखिएको छ भने ११ कम्पनीको नाफा अघिल्लो आवको तुलनामा घटेको छ ।  

गत आवमा सबैभन्दा बढी घाटा ब्यहोर्ने कम्पनीमा भने अप्पर तामाकोशी हाइड्रोपावर रहेको छ । कम्पनीले गत आवमा २ अर्ब ५७ करोड २५ लाख रुपैयाँ घाटा ब्यहोरेको छ । साथै सबैभन्दा बढी नाफा ग्रोथ गर्नेमा अरुण भ्याली हाइड्रो रहेको छ । यो कम्पनीको नाफा ९० हजार ९८४ प्रतिशतले बढेको छ ।  

विद्युत बिक्री आम्दानी १३.९३ प्रतिशतले बढ्यो  

हाइड्रो कम्पनीहरुले गत आवको अन्त्यसम्म विद्युत बिक्री गरेर ३८ अर्ब २३ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेका छन् ।  

जुन यो अघिल्लो आवको तुलनामा १३.९३ प्रतिशत बढी हो । अघिल्लो आवमा हाइड्रो कम्पनीहरुले ३३ अर्ब ५६ करोड २३ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियो ।  

गत आवमा अधिकांश हाइड्रो कम्पनीहरुको विद्युत बिक्री आम्दानी बढ्न पुगेको छ । जसकारण हाइड्रो कम्पनीहरुको समग्र नाफा बढ्न पुगेको हो ।  

बिजुली बेचेर गत आवमा सबैभन्दा धेरै अप्पर तामाकोशीले ६ अर्ब ९२ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको यस्तो आम्दानी २०.२२ प्रतिशतले घटेको छ ।  

त्यस्तै साहज उर्जाले पनि २ अर्ब ६४ करोड रुपैयाँ विजुली बेचेर आम्दानी गरेको छ । कम्पनीको यस्तो आम्दानी अघिल्लो आवको तुलनामा ८.२० प्रतिशत बढेको छ ।  

अधिकांशको इपीएसमा सुधार  

हाइड्रोपावर कम्पनीहरुको नाफामा सुधार देखिएसँगै प्रतिसेयर आम्दानी (इपीएस)मा पनि सुधार देखिएको छ ।  

करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ ।

गत आवमा सबैभन्दा धेरै इपीएस अप्पर स्याङ्खे हाइड्रोपावरको रहेको छ । यो कम्पनीको इपीएस ३४.६६ रुपैयाँ छ ।  

त्यस्तै, माउन्टेन इजर्नीको २४.१७ रुपैयाँ, साहज उर्जाको २३.८८ रुपैयाँ, राधी विद्युत कम्पनीको २०.६५ रुपैयाँ र मिड सोलु हाइड्रोको १७.६६ रुपैयाँ रहेको छ । यता सबैभन्दा थोरै इपीएस थ्री–स्टार हाइड्रोपावरको जम्मा ०.०५ रुपैयाँ छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.