निरन्तर बढ्दै सुनको मूल्य, आज १ लाख ७० हजार नाघ्यो
काठमाण्डौ । सुनको मूल्यको वृद्धिले आज पनि निरन्तरता पाएको छ । आज घरेलु बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ कायम थियो । त्यसदिन सुनको मूल्य १४ सय रुपैयाँले बढेको थियो ।