काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य बढ्ने क्रम आजपनि जारी रहेको छ । अघिल्लो दिन प्रतितोला ५ सय रुपैयाँले बढेको सुनको भाउ आजपनि वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुनको मूल्य ५ सय रुपैयाँले नै बढेको छ । यससँगै सुनको कारोबार प्रतितोला १ लाख ९३ हजार ७ सयमा कारोबार भईरहेको छ ।
अघिल्लो दिन सुन प्रतितोला १ लाख ९३ हजार २ सयमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भईरहेको छ ।