काठमाण्डौ । सुनको मूल्य घट्ने क्रम आज पनि जारी रहेको छ । बिहिबार स्थानिय बजारमा सुनको मूल्य १५ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो गिरावटसँगै सुनको मूल्य प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन पनि सुनको मूल्यमा १६ सय डलरको गिरावट आएको थिया । उक्त दिन सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ३ सय रुपैयाँ कायम थियो ।
आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १ हजार ९९५ रुपैयाँमा कारोबार भईरहेको छ । जुन अघिल्लो दिनकै निरन्तरता हो ।